भद्रपुर
झापाका सीमा क्षेत्रमा दिनहुँ नेपाली महिला तथा युवतीलाई भारत लैजाने गिरोह सक्रिय रहेको खुलसा भएको छ । आर्थिक प्रलोभनमा पारी विदेश पठाउने आश्वासन देखाउँदै सीमावर्ती नाकाबाट भारतको सिलगुढी हुँदै दिल्ली पठाउने गरेको पुष्टि भएपछि घट्ना सतहमा आएको हो ।
सीमावर्ती नाकामा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी र मानव बेचविखन क्षेत्रमा काम गर्ने संस्थाको सहयोगमा दुई दिनको अवधिमा पाँच महिलालाई उद्धार गरेपछि गिरोह सक्रिय रहेको पुष्टि भएको हो । उनीहरुलाई भारततर्फ पुर्याउने कार्यमा संलग्न एक भारतीय सहित तीन जना पक्राउ परेपछि आवद्ध सञ्जालका नाइकेलार्इ प्रहरीले खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
भद्रपुर नाकाबाट भारतको दिल्ली तर्फ लगिरहेका दुई महिलालाई नेपाल—भारतको दशगजा सीमा क्षेत्रमा शुक्रवार दिउँसो उद्धार गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, साना हात नामक संस्था र भारतीय एसएसबीको सहयोगमा दुवै जनालाई उद्धार गरिएको हो । महिलालाई भारततर्फ लैजाने दुई जना व्यक्ति समेत पक्राउ परेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।
उद्धार गरिएका महिला मध्ये इलाम जिल्ला माई नगरपालिका ७ की २२ बर्षीय रणमाया दमाई (भित्रीकोटी) र सिन्धुली घर भई हाल मकवानपुर जिल्ला वकाया २ की २२ बर्षीय सविना गोले रहेको वडाका सइ हस्तबहादुर श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार दुवै जना महिला विवाहीत हुन् । दुवै जनाको साथबाट राहदानी समेत फेला परेको छ । उनीहरुलाई आवश्यक अनुसन्धानका लागि प्रहरी कार्यालय झापा पठाइएको सई श्रेष्ठले बताए । उनीहरुलाई भारतको दिल्ली भएर कुवेत पठाउने आश्वासन दिएर भद्रपुर पुर्याइएका थियो ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया