दक्षिण अफ्रिका र अफगानिस्तानबीचको भिडन्त सुपर ओभरमा

दक्षिण अफ्रिका र अफगानिस्तानबीचको भिडन्त सुपर ओभरमा

केन्द्रबिन्दु
24
Shares

काठमाडाैं । आईसीसी पुरुष टी-२० विश्वकप अन्तर्गत समूह ‘डी’ को खेलमा दक्षिण अफ्रिका र अफगानिस्तानबीचको भिडन्त सुपर ओभरमा पुगेकाे छ । अत्यन्तै रोमाञ्चक भएकाे खेलमा दुवै टोलीले निर्धारित २० ओभरमा समान १८७ रन बनाएपछि खेल ‘टाई’ भएको हो।

टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ६ विकेटको क्षतिमा १८७ रनको सम्मानजनक योगफल तयार पारेको थियो। टोलीका लागि रायन रिकलटनले विष्फोटक ब्याटिङ गर्दै मात्र २८ बलमा ६१ रन जोडे। त्यस्तै, ओपनिङ ब्याटर क्विन्टन डि ककले ४१ बलमा ५९ रनको महत्वपूर्ण योगदान दिए।

अफगानिस्तानका लागि अजमतुल्लाह ओमरजाईले घातक बलिङ गर्दै ३ विकेट लिए भने राशिद खानले २ विकेट झार्न सफल भए।

१८८ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले अन्तिम ओभरसम्म कडा टक्कर दिएको थियो। अफगानिस्तानलाई अन्तिम केही ओभरमा जितका लागि प्रति ओभर ११ रनभन्दा बढी चाहिएको थियो। आक्रामक ब्याटिङका कारण एक समय अफगानिस्तानको जित्ने सम्भावना ९० प्रतिशतसम्म पुगेको थियो।

तर, अन्तिम ओभरको चौथो बलमा अन्तिम विकेट खसेपछि अफगानिस्तान १८७ रनमै अलआउट हुन पुग्यो। नतिजास्वरूप, खेल बराबरीमा टुङ्गियो र अब विजेताको फैसला सुपर ओभर मार्फत हुनेछ। याे जारी विश्वकपकाे पहिलाे सुपर ओभर हाे ।

Logo