प्रदेश ६ को नाम जुर्यो ‘कर्णाली’

प्रदेश ६ को नाम जुर्यो ‘कर्णाली’

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ  । प्रदेशको नामकरण गर्न प्रदेश न. ६ पहिलो बनेको छ । प्रदेशसभा चौथो बैठकले प्रदेशको स्थायी नामाकरण गरेको हो । 

शनिबार बसेको प्रदेश सभाको बैठकमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले प्रदेशका नाम कर्णाली राख्ने प्रस्ताव माथि कांग्रेस र राप्रपासहित अन्य दलका सांसदले सहमति जनाएका हुन् ।

आज बस्ने बैठकले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने तयारी यस अघि नै गरिसकेको थियो । शनिबार अपराह्न १ः०० बजे का लागि बोलाइएको बैठकले प्रदेश नं ६ को नामकरण गरेको र प्रदेशको स्थायी राजधानी तोक्ने विषयमा पनि छलफल हुँदै गरेको बताइएको छ ।

Logo