काठमाडाैं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले नेपालको आन्तरिक राजनीति मात्र होइन, बाह्य नीतिमा समेत ठूलो बदलाव ल्यायो । भारत, अमेरिका, युरोपियन युनियन लगायत पश्चिमा मुलुकहरुले जेनजी आन्दोलनलाई तत्कालै मान्यता दिइ नयाँ सरकारलाई बधाई तथा शुभकामना दिए । तर, छिमेकी मुलुक चीन भने धेरै बोलेन । सम्भवतः उसले कम बोलेर धेरै सन्देश थियो ।
नेपालका लागि तत्कालीन चिनियाँ राजदूत जेन सोङले प्रधानमन्त्री शुशीला कार्की र मन्त्रिपरिषदका अन्य सदस्यदलाई भेटेर बधाई दिए तर बेइजिङ धेरै बोलेन । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले नयाँ सरकारलाई बधाई दिए तर चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीले सार्वजनिक रुपमा कुनै पनि बधाई तथा शुभकामना सन्देश पठाएको सार्वजनिक जानकारीमा छैन । किन आएन उच्च स्तरबाट बधाई ? आखिर जेनजी आन्दोलनपछि चीनले नेपालसँग किन चित्त दुखायो ?
पहिलो, भदौ २७ गते कार्कीले प्रधानमन्त्री पदको सपथ लिइन् । अन्तरराष्ट्रिय समुदायबाट बधाई आउन थाल्यो । सम्भवतः चीन पनि बधाई सन्देश पठाउने तयारीमा थियो । तर, बेइजिङ त्यतिवेला आश्चर्यचकित भयो जब दलाई लामाले प्रधानमन्त्री कार्कीलाई बधाई सन्देश पठाए र त्यसलाई आफ्नो बेबसाइटमा तत्कालै राखे । हुन पनि नेपालका प्रधानमन्त्रीलाई कहिले पनि यस्तो बधाई आउने गरेको थिएन । यसबाट बेइजिङ निकै सशंकित भयो–कतै जेनजी आन्दोलनपछि नेपाली भूमिबाट आफू विरोधी गतिविधि त हुँदै छैनन् ? चीनलाई चिसो पस्यो ।
दोस्रो, घट्नाक्रमको विकासक्रम यतिमा मात्र रोकिएन । जेनजी आन्दोलन लगत्तै टिओबी समूहका व्यक्तिहरु सहभागीताको विषय सार्वजनिक संचार माध्यममा आउन थाल्यो । त्यसले पनि चीनलाई थप सशंकित बनायो । दलाई लामाको बधाई सन्देश आउनु र टिओबी सहभागिताको विषय सार्वजनिक हुन के संयोग मात्र थियो होला, कि अन्य केही कारण ? त्यो त इतिहासले नै बताउँला ।
तेस्रो, घट्नाक्रम अझ पेचिलो ढंगले विकसित भयो । विशेषत नेपालमा रहेका तिब्तीयन समूहका बिभिन्न व्यक्तिहरुले बिभिन्न जिल्ला प्रशासन कार्यालयहरुबाट नागरिकता दिएका खबरहरु छरपष्ट हुन थाल्यो । तिमध्ये केही मानिस भदौ २३ र २४ गतेको आन्दोलनमा सहभागी भएका खबरहरु समेत सार्वजनिक भए । यसमा नेपाल प्रहरी र प्रशासनले अनुसन्धान पनि थाल्यो र त्यसरी नागरिकता लिएको पनि पुष्टी भयो । हुन त तपाईंलाई थाहा छ, हाम्रो कर्मचारीतन्त्रले घुस लिएर विदेशीलाई नेपाली नागकिता दिएको विषय नयाँ होइन ।
चौथो, जब प्रधानमन्त्री कार्कीले मन्त्रीपरिषदको बिस्तार गर्न थालिन् । त्यसले पनि बेइजिङमा आशंका जन्मायो । मन्त्रिपरिषद् विस्तारमा केही व्यक्तिहरु जो बिभिन्न संस्थामा संलग्न थिए उनीहरुको चर्चा चलेसँगै चीनले त्यसलाई गम्भीर रुपमा रुपमा लियो । केही पात्रहरुको बारेमा त चीनले सरकारसँग आपत्ती नै जनाएका खबरहरु समेत आए । तर, यस विषयमा औपचारिक रुपमा नेपाल सरकार र चिनियाँ पक्ष दुवैले औपचारिक रुपमा केही पनि जानकारी गराएका छैनन् ।
अब, पाँचौ तथा अन्तिम विषय जुन यो हप्ता चर्चामा छ । अघिल्लो हप्ता तिब्बतीय धर्मगुरु रिमपोछे एक कार्यक्रममा सहभागी हुन काठमाडौ आए । उनलाई काठमाडौं विमानस्थलदेखि बिभिन्न ठाउँमा गरिएको उच्च स्तरको सम्मानले फेरि चीनलाई झस्काउने काम गर्यो । विगतमा पनि चीनले यस्ता भ्रमणको विषयमा चासो व्यक्त गर्दै आएको थियो ।
यसैबिच काठमाडौंस्थित चिनियाँ दूतावासको नेतृत्व खाली भयो । आफ्नो ३ वर्षे कार्यकाल सकेर चेन सोङ चिनियाँ विदेश मन्त्रालयमा फिर्ता भइसकेका छन् भने नयाँ राजदूत फागुन १ गते काठमाडौं आउने कार्यक्रम छ । नयाँ चिनियाँ राजदूत चाङ माओमिङ चिनियाँ विदेश मन्त्रालयका एसियाली मामिलाका उप–महानिर्देशक हुन् । नयाँ चिनियाँ राजदूत नेपालको राजनीतिक र कूटनीतिक वृत्तमा परिचित नाम हो ।





























प्रतिक्रिया