तनहुँ। प्रदेश आयुर्वेद चिकित्सालय दमौलीबाट चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म १६ हजार ६३१ जनाले स्वास्थ्य सेवा लिएका छन्।
कार्यालयको तथ्याङ्कअनुसार साउनमा दुई हजार ६५३, भदौमा एक हजार ८९९, असोजमा एक हजार ४८३, कात्तिकमा दुई हजार १३७, मङ्सिरमा तीन हजार ८२२ र पुसमा चार हजार ६३७ जनाले सेवा लिएका छन्।
चिकित्सालयमा उपचारका लागि आउने बिरामीको सङ्ख्या पछिल्लो समय वृद्धि देखिएको छ। तनहुँसहित गोरखा, लमजुङ, स्याङ्जा, कास्कीलगायत जिल्लाबाट पनि सेवा लिन बिरामी आउने गरेका छन्।
चिकित्सालयले सञ्चालन गरेको बहिरङ्ग सेवाबाट सबैभन्दा धेरै छ हजार १६३ जनाले लाभ लिएका छन्। पञ्चकर्म सेवाबाट पाँच हजार ९०६, योग सेवाबाट तीन हजार १०७, फिजियोथेरापीबाट एक हजार ८६, प्रयोगशालाबाट १५९, स्तनपायी आमा तथा शिशु सेवाबाट ७६, शिरोधाराबाट २९ र क्षारसूत्र सेवाबाट एक जनाले सेवा लिएका छन्।
ग्याष्ट्रिक, बाथरोग, नसारोग तथा छालाजन्य समस्या सम्बन्धी बिरामीको सङ्ख्या उल्लेखनीय रहेको छ।





























प्रतिक्रिया