तीन खेलाडीको अर्धशतकमा श्रीलंकाले ओमानलाई दियो २२६ रनको लक्ष्य

तीन खेलाडीको अर्धशतकमा श्रीलंकाले ओमानलाई दियो २२६ रनको लक्ष्य

केन्द्रबिन्दु
24
Shares

काठमाडाैं । आईसीसी पुरुष टि-२० विश्वकप २०२६ अन्तर्गत सह-आयोजक श्रीलंकाले ओमानसामु जितका लागि २२६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२५ रन बनाएकाे हाे।

श्रीलंकाका लागि कुशल मेन्डिसले ४५ बलमा ६१ रनको कप्तानी इनिङ खेले। साथै पवन रत्ननायकले मात्र २८ बलमा ६० रन जोड्दै इनिङलाई गति दिए। उनले मात्र २४ बलमा अर्धशतक पुरा गरेका थिए, जुन श्रीलंकाका लागि टि-२० विश्वकप इतिहासकै दोस्रो छिटो अर्धशतक हो।

साथै कप्तान दसुन शनाकाले अन्तिम ओभरहरूमा विष्फोटक ब्याटिङ गर्दै मात्र २० बलमा ५० रनको योगदान दिए । उनले आफ्नो इनिङमा ५ वटा छक्का प्रहार गरे।

यता ओमानका बलरहरू श्रीलंकाली ब्याटरसामु निकै महँगो सावित भए। जितेन रामानन्दीले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए भने सुफयान महमुदले ४ ओभरमा ६० रन खर्चिए।

श्रीलंकाले अन्तिम ५ ओभरमा मात्र ७९ रन जोडेपछि खेल पूर्णतया उसको पक्षमा ढल्किएको छ । ओमानले यो विशाल लक्ष्य पछ्याउन प्रतिओभर ११.३ रनको औसतले रन बनाउनुपर्नेछ।

Logo