काठमाडाैं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को आफ्नो दोस्रो खेलमा नेपालले अहिले इटालीको सामना गरिरहेको छ। मुम्बईको वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले सुरुवाती ७.२ ओभरमा ३ विकेट गुमाउँदै ४९ रन जोडेको छ।
नेपालको सुरुवात सुखद रहेन। ओपनर कुशल भुर्तेल व्यक्तिगत ५ रनमै अली हसनको बलमा क्याच आउट भए। त्यसपछि कप्तान रोहित पौडेल र अर्का ओपनर आसिफ शेखले इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए। रोहितले आक्रामक रूपमा २ छक्का प्रहार गर्दै २३ रन बनाए पनि साताैं ओभरको अन्तिम बलमा क्रिशन कलुगामागेको शिकार बने। लगत्तै अर्को ओभरको दोस्रो बलमा आसिफ शेख २० रन बनाउँदै स्टम्पिङ आउट भएपछि नेपाल दबाबमा परेको छ।





























प्रतिक्रिया