काठमाडौँ । होली पर्व आगमनको शुभ संकेतस्वरूप आज हनुमान ढोकामा विधिपूर्वक चीर गाडिएको छ । आज बिहान हनुमानढोका दरबारको दक्षिण दाख चोकमा ११:५७ बजे उप्रान्त साइतमा चीर गाडिएको हो ।
परम्परा अनुसार धलासिक्व मानन्धर साना गु खल गुठीका मानन्धरहरुले उक्त चीर गाड्नु पर्ने मान्यता छ । करिब ३२ फित उचार्को बासको तीन खन्दे गजुर जस्तो देखिने रंगीचंगी द्वाजासहितको चीर पृथ्बी नारायण शाहको समयमा परिमाजित रुपमा राखिएको बताइन्छ ।
यस अघि मल्लकाल तथा राणाकालमा राखिने परम्परागत चीर भने हनुमान ढोकास्थित मोहनकाजी चोक, दाख चोक तथा मूलद्वार बाहिर राखिएको छ । चीर गाडिएसंगै होली पर्व सुरुवात भएको छ । यसवर्ष पहाडी जिल्लामा फागुन १७ गते र तराईमा १८ गते होली पर्व मनाइँदै छ ।
हेर्नुहोस् फोटोफिचर







































प्रतिक्रिया