पाथीभराको पुजाअर्चना गर्दै प्रधानमन्त्री कार्कीले भनिन् -शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेकी छु

पाथीभराको पुजाअर्चना गर्दै प्रधानमन्त्री कार्कीले भनिन् -शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेकी छु

केन्द्रबिन्दु
12
Shares

ताप्लेजुङ। प्रधानमन्त्री सुशीला कार्की प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति गरिएको तयारी तथा शान्तिसुरक्षाको व्यवस्थाका साथै जिल्लाका गतिविधिबारे जानकारी लिन आज ताप्लेजुङ पुगेकी छन् ।

आजै बिहान उनले पाथीभरा माताको पूजाअर्चना गरिन् । पूजाअर्चनापछि प्रधानमन्त्री कार्कीले “फागुन महिना, निर्वाचन महिना । पाथीभराबाट सुरुवात । शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेकी छु”, सामाजिक सञ्जालमा लेखेकी छन्।

प्रधानमन्त्रीले जिल्लास्थित सुरक्षा निकायका प्रमुखका साथै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचनमा खटिएका अधिकारीहरुसँग भेट गर्ने कार्यक्रम छ ।

Logo