नेकपा उपाध्यक्ष वामदेव गौतम अब मन्त्री बन्न पाउनेदेखि नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्योसम्म (भिडियोसहित)

नेकपा उपाध्यक्ष वामदेव गौतम अब मन्त्री बन्न पाउनेदेखि नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्योसम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । केन्द्रबिन्दु बुलेटिनमा हामीले दैनिक पाँच वटा समाचार प्रस्तुत गर्ने गर्छाै । आजका प्रमुख पाँच समाचारहरुमध्ये नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा गरिएको मनोनयन विरूद्ध परेको रिटमा अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । अब उनी मन्त्री बन्न पाउने भएका छन् ।

त्यस्तै सरकारले नदीजन्य पदार्थको उत्खनन्, संकलन र बिक्री वितरणको अनुगमन गरी नियम विपरित पाइएमा कारबाही गर्ने भएको छ । गृह मन्त्रालयमा बसेको समन्वयात्मक बैठकले क्रसर उद्योग र बालुवा प्रशोधन उद्योगमा समेत अनुगमन गरी मापदण्ड विपरित सञ्चालन भए कारबाही गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो ।

भारतको बिहारमा भएको विधान सभाको निर्वाचनमा सत्तारुढ दलहरुको गठबन्धनले नै बहुमत प्राप्त गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपा र मुख्यमन्त्री नितिश कुमारको पार्टी जनता दल युनाइटेड (जेडियू) सहितको राष्ट्रिय लोकतन्त्रवादी गठबन्धन (एनडीए) ले नै बहुमत प्राप्त गरेको हो ।

त्यस्तैगरी लगानी बोर्डले तीन वटा परियोजनाका लागि ३८ अर्ब ६५ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ । बोर्डका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्डको ४५ औँ बैठकले तीन वटा जलविद्युत परियोजनाको लागि ३८ अर्ब ६५ करोड रुपैयाँ लगानी स्वीकृत गरेको हो ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ । आज बुधवार २ हजार ५ सय ६९ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३ सय २९ पुगेको हो । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

Logo