नेपालको समकालीन विश्व व्यवस्थामा वैदेशिक नीतिबारे पुस्तक सार्वजनिक

नेपालको समकालीन विश्व व्यवस्थामा वैदेशिक नीतिबारे पुस्तक सार्वजनिक

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । नेपालको समकालीन विश्व व्यवस्थामा वैदेशिक नीतिबारे पुस्तक सार्वजनिक गरिएको छ ।

सेन्टर फर डिप्लोमेटिक डायलगको आयोजनामा Nepal’s Foreign Policy at the Contemporary World Orderनामक पुस्तक आज काठमाडौंमा सार्वजनिक गरिएको हो ।

कार्यक्रममा डायलगका अध्यक्ष डा. शम्भु पोखरेलले पुस्तक सार्वजनिक गर्दै समकालीन विश्व व्यवस्था तीव्र रूपमा परिवर्तन भइरहेका बेला नेपालले आफ्नो वैदेशिक नीति स्पष्ट, सन्तुलित र राष्ट्रिय हितमा केन्द्रित बनाउन आवश्यक रहेको धारणा व्यक्त गरे । उनले ट्र्याक–२ कूटनीति मार्फत नेपालले अन्तर्राष्ट्रिय संवाद र सहकार्यलाई थप प्रभावकारी बनाउन सक्ने बताए ।

कार्यक्रममा सहभागी वक्ताहरूले पुस्तकले नेपालको कूटनीतिक अभ्यास, क्षेत्रीय शक्ति सन्तुलन, बहुपक्षीय सम्बन्ध र समसामयिक विश्व राजनीतिक प्रवृत्तिबारे गहिरो विश्लेषण प्रस्तुत गरेको उल्लेख गरे। उनीहरूले यस कृतिले नीति निर्माण तहमा बहस र विमर्शलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरे।

ले विगतदेखि नै नीतिगत अनुसन्धान, कूटनीतिक संवाद र राष्ट्रिय हित प्रवद्र्धनमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। उक्त पुस्तक पनि नेपालको वैदेशिक नीतिबारे समसामयिक सन्दर्भमा तयार गरिएको महत्वपूर्ण दस्तावेजका रूपमा प्रस्तुत गरिएको आयोजकले जनाएको छ ।

पुस्तकमा नेपालका ख्यातीप्राप्त कुटनीतिज्ञहरुको लेखहरु समाबेश गरिएको छ । पुस्तकको सम्पादन जापानका लागी पुर्व नेपाली राजदुत डा. विष्णुहरि नेपालले गरेका हुन् ।

Skip This
Skip This
Logo