नवलपरासी। नवलपरासी पश्चिम–२ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार पूर्वमन्त्री देवेन्द्र पौडेलले फरक शैलीको चुनावी अभियान चलाइरहेका छन्। पौडेल बिहानै मर्निङवाकसहित वडावडामा पुगेर मतदाता भेट्ने, उनीहरूको सुझाव सुन्ने र विकासका काम पूरा गर्ने वाचा दोहो-याउनेक्रम जारी राखेका छन्।
पौडेलले वडावडामा प्रत्यक्ष भेटघाट गर्दै वास्तविक समस्या बुझ्दै यहाँका जनताको सुखदुखमा संगै रहेर विकास र समृद्धि ल्याउनका लागि आफू नवलपरासी आएको बताएका छन् । सुनवल, रामग्राम, पाल्हीनन्दन र सरावलमा हरेक घरमा पुगेर जनताको आवाज सुन्दै पौडेलले नागरिकको आवश्यकता अनुसार प्राथमिकता तय गर्दै सडक, शिक्षा, स्वास्थ्य, पानी, र रोजगारी हाम्रो केन्द्रबिन्दुमा राखेर विकास र समृद्धिमा जनतालाई जोड्ने प्रतिवद्धता जाएर गरे। उनले भने,“चुनावी प्रतिस्पर्धा कडा छ, तर जनताको विश्वास र समर्थन हाम्रो अभियानको बल हो। हामी विकास र विश्वास दुवै प्रदान गर्नेछौं। हामी विकासको कामलाई वाचा मात्र नभएर कार्यमा परिणत गर्नेछौं।”
कार्यक्रममा नेकपा इन्चार्ज भविश्वर तिवारीले जनताको सुझाव र आवश्यकतामा आधारित नीति बनाउने नेकपाको पहिलो प्राथमिकता भएको बताए। पूर्वमन्त्री पौडेलको अभियान ४० वडामा १ लाख ३१ हजार ७७ मतदातालाई समेट्दै, दैनिक भेटघाटको माध्यमबाट स्थानीय समस्याको प्राथमिकता अनुसार काम गर्ने योजना अघि बढाइरहेको उनको भनाई छ ।





























प्रतिक्रिया