सिरिज ‘तिम्रो ल्याङ्ग ल्याङ्ग’ दोस्रो सिजनको प्रदर्शन सुरु

सिरिज ‘तिम्रो ल्याङ्ग ल्याङ्ग’ दोस्रो सिजनको प्रदर्शन सुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पहिलो सिजनको सफलता पश्चात वेब सिरिज ‘तिम्रो ल्याङ्ग ल्याङ्ग’को दोस्रो सिजनको प्रिमियर सुरु भएको छ ।

युवापुस्ता लक्षित सिरिजका दुई श्रृंखला युट्युबमा सार्वजनिक भइसकेका छन् । प्रत्येक सोमबार राति ८.३० बजे हिमालयन टेलिभिजनबाट प्रशारण हुने सिरिज ‘ह्याप्पी रेकर्ड्स नेपाल’ को युट्युब च्यानलमार्फत पनि हेर्न सकिन्छ । सिरिजलाई सुजन मानन्धरको निर्देशन रहेको छ ।

सिरिजको मूख्य भूमिकामा सुमन चित्रकार श्रेष्ठ, एरिना गुरुङ, सिरन बज्राचार्य, सपना तामाङ्ग, सुरेन्द्र मानन्धर, निश्चलजंग थापा, किरण स्याङ्गतान लगायत छन् ।

पूर्ण मनोरञ्जनका साथै समसामयिक कथावस्तुको संयोजन रहेको ‘तिम्रो ल्याङ्ग ल्याङ्ग सिजन २’ को कथा तथा पटकथा सुमन चित्रकार श्रेष्ठले लेखेका हुन् । निस बज्राचार्यले खिचेको सिरिजमा अल्मोडा राना उप्रेतीको संगीत, कर्ण श्रेष्ठको शब्द र निर्देशक सुजनकै सम्पादन रहेको छ ।

Logo