काठमाडौं
एमाले–माओवादीले जुराएको एकीकृत पार्टीको नयाँ नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्न कठिनाइ हुने भएको छ । ऋषिराम कट्टेलको नाममा नेपाल कम्युनिस्ट पार्टी यस अघि नै आयोगमा दर्ता छ ।
निर्वाचन आयोगको दल सम्बन्धी ऐनको दफा ९ मा एउटै नाममा दुई पार्टी दर्ता गर्न नमिल्ने व्यवस्था स्पष्ट छ । यस्तो अवस्थामा एकीकृत पार्टीले कि पुरानो पार्टीसँग एकता गर्नु पर्नेछ, कि नयाँ पार्टीको नाममा सामान्य भए पनि परिमार्जन गर्नु पर्नेछ । ०६९ मा ऋषिराम कट्टेलको नाममा नेकपा आयोगमा दर्ता भएको छ । यो दलले ०७० को संविधानसभा निर्वाचनमा समेत भाग लिएको थियो ।
निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले एउटै नाममा दुई वटा पार्टी दर्ता हुन नसक्ने बताए । ‘नेताज्यूहरूलाई आयोगमा दल दर्ताको नियम थाहै होला,’ ढकालले भने, ‘नामकै कारण उहाँहरूको पार्टी दर्ता किन रोकिएला र ?’ नामको बीचमा कमा वा ड्यास लगायत केही थपेर उही नाम दर्ता गर्न सकिने उनले बताए ।
नयाँ पत्रिकाबाट































प्रतिक्रिया