काठमाडौँ
सुगौली सन्धिको विषयमा पटक पटक प्रश्न उठ्ने गरेका छन् । सुगौली सन्धिमा नेपालले गर्नुपरेको हस्ताक्षरको विषय जोडेर धेरै बहस र छलफल भए पनि त्यसबारे भने कसैले खोजी गरेका छैनन् । "/>

कहाँ छ सुगौली सन्धिको सक्कल प्रति ?

कहाँ छ सुगौली सन्धिको सक्कल प्रति ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
सुगौली सन्धिको विषयमा पटक पटक प्रश्न उठ्ने गरेका छन् । सुगौली सन्धिमा नेपालले गर्नुपरेको हस्ताक्षरको विषय जोडेर धेरै बहस र छलफल भए पनि त्यसबारे भने कसैले खोजी गरेका छैनन् । तत्कालीन समयमा कतिवटा सम्झौतापत्रमा हस्ताक्षर भएका थिए, त्यो भने यकिन जानकारी बाहिर आएको छैन । तर पक्ष राष्ट्रको हैसियतमा नेपालले पनि राखेको सो सन्धिको प्रति अहिले यत्रतत्र खोजीको विषय बनेको भए पनि भेट्ट्याउन नसकेको राष्ट्रिय अभिलेखालय बताउँछ ।

यसको संरक्षणको जिम्मेवारी पाएको राष्ट्रिय अभिलेखालयले यसबारे खोजी भइरहेको बताउने गरेको छ । तर उसले पनि न त कतै सुगौली सन्धिको प्रति पाउन सक्यो न त ऐनले दिएको अधिकार प्रयोग गरेर मुलुकबाहिर सो सन्धि खोज्न जान नै सक्यो । यद्यपि अहिले पनि राष्ट्रिय अभिलेखालय सुगौली सन्धिको प्रति कसरी पाउने भनेर त्यसको खोजी जारी रहेको बताउँछ ।

अभिलेख संरक्षण ऐन, २०४६ को दफा ६ मा सबै सरकारी कार्यालयले ऐनले महत्वपूर्ण ‘कागजात’ भनेर तोकेका २५ वर्ष पुराना दस्तावेज र ताम्रपत्र लगायतका विषय संरक्षणका लागि अभिलेखालयमा पठाउनु पर्ने उल्लेख गरेको छ । महत्वपूर्ण कागजात भनेर ऐनले २५ वर्ष वा सो भन्दा पुराना हस्तलिखित ग्रन्थ, किताब, प्रतिवेदन, आर्थिक विवरण, सन्धि, सम्झौता, पत्रपत्रिका, चिठीपत्र, लिखत, चित्र, तस्बिर, नक्सा, योजना, चार्ट, फाइल, मिसिल, रजिस्टर वा कुनै प्रकाशन, फिल्म, माइक्रो फिल्म, टेप (ध्वनि रेकर्ड), चलचित्र, कम्प्युटर डिस्क वा कम्प्युटर क्यासेटको मूल प्रति वा प्रतिलिपि, ताडपत्र, भोजपत्र, स्वर्णपत्र, ताम्रपत्र वा शिलापत्रको प्रतिलिपि वा तस्बिर लगायतलाई भनेको छ ।
राजधानीबाट

Logo