काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गराउन सरकार सक्रिय रूपमा लागेको बताएकी छन् ।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले निर्वाचनको तयारीका सबै काम तीव्र गतिमा अघि बढाइएको जानकारी दिइन् । सरकार, निर्वाचन आयोग, राजनीतिक दल र नागरिक समाजबीच समन्वय गरेर निर्वाचन सम्पन्न गराउने काम भइरहेको उनको भनाइ छ ।
मन्त्री श्रेष्ठले मतदातालाई सचेत र जिम्मेवार बनाउन मतदाता शिक्षा कार्यक्रम पनि सुरु गरिएको बताइन् । उनले मतदातालाई उक्त कार्यक्रममा सहभागी हुन आग्रह गर्दै सचेत सहभागिताले मात्र लोकतान्त्रिक प्रक्रिया सुदृढ हुने उल्लेख गरिन् ।
उनले महिला मतदाताको सहभागिता बढाउन पनि सरकारले आवश्यक वातावरण बनाउने प्रयास गरिरहेको बताइन् ।
मन्त्री श्रेष्ठका अनुसार निर्वाचनलाई स्वच्छ, समावेशी र विश्वसनीय बनाउन सरकार प्राथमिकताका साथ काम गरिरहेको छ ।































प्रतिक्रिया