म संग इमान बाहेक अरु केही छैन : रवि लामिछाने

म संग इमान बाहेक अरु केही छैन : रवि लामिछाने

केन्द्रबिन्दु
21
Shares

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचनपछि बलियो सरकार बनेर जनताको समस्या समाधान हुने बताएका छन् ।

सोमबार चितवनको कालिका–३ मा स्थानीयसँगको छलफलमा लामिछानेले अहिले देशभर रास्वपाको पक्षमा सकारात्मक माहोल बनेको बताए ।

उनले आफूसँग इमानबाहेक अरू केही नभएको उल्लेख गर्दै भने, “मसँग इमानबाहेक केही छैन, इमान डगमगाउन दिन्नँ। सुकुम्बासी समस्या अब नरहने गरी समाधान हुन्छ।”

लामिछानेले आगामी निर्वाचनपछि सुकुम्बासीको समस्या आयोग बनाएर दीर्घकालीन समाधान गर्ने प्रतिबद्धता पनि जनाए । उनले विगतमा सरकारमा रहँदा समस्याको समाधान गर्न प्रयास गरे पनि पूर्णरूपमा गर्न नसकेको स्वीकार गरे ।

स्थानीयहरूले पटक पटक आश्वासन पाए पनि सुकुम्बासीको समस्या समाधान नहुने भन्दै लामिछानेको ध्यानाकर्षण गराए ।

Logo