काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दमकमा बनेको टावरबारे विरोध नबुझ्नेहरूले मात्रै गरेको बताएका छन्।
सोमबार झापा–५ मा चुनावी घरदैलोको क्रममा ओलीले टावर भ्यूटावर नभएर एउटा बिजनेस कम्प्लेक्स भएको जानकारी दिए। उनले भने, “यो भ्यूटावर होइन। नयाँ खालको आईटी हबको रूपमा यसलाई विकास गर्ने सोचअनुसार अगाडि बढाएका हौं। नबुझ्ने मान्छेहरूले मात्र किन चाहियो भनेर विरोध गर्छन्।”
ओलीले यसलाई व्यक्तिगत प्रयोगका लागि नभई दमकको विकास र पहिचानका लागि बनाइएको स्पष्ट पारे। उनले भने, “भविष्यमा दमक चिनिने मुख्य कारण यही टावर हुनेछ। यो दमकको पहिचान र विकासको झन्डा हो।”































प्रतिक्रिया