काठमाडाैं । आइसिसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा इंग्ल्याण्डले इटालीसामु २०३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
कोलकाताको इडेन गार्डेन्समा टस जितेर पहिले ब्याटिङ रोजेको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०२ रनको योगफल तयार पारेको हो। इंग्ल्याण्डका लागि मध्यक्रमका ब्याट्सम्यान विल ज्याक्स नायक सावित भए। उनले मात्र २२ बलमा अविजित ५३ रन जोड्दै टोलीलाई २०० रनको आँकडा पार गराए।
ज्याक्सले आफ्नो इनिङ्समा ३ चौका र ४ छक्का प्रहार गरे। उनले २१ औँ बलमा अर्धशतक पुरा गर्दै टी-२० विश्वकपको इतिहासमा इंग्ल्याण्डका लागि सबैभन्दा छिटो अर्धशतक बनाउने कीर्तिमान समेत कायम गरेका छन्।
अन्य ब्याट्सम्यानहरूमा टम ब्यान्टनले ३० रन, फिल साल्टले २८ रन र साम कुरनले २५ रनको योगदान दिए। कप्तान ह्यारी ब्रुक १४ रनमा आउट भए भने जोस बटलर मात्र ३ रनमा पभेलियन फर्किएका थिए।
इटालीका लागि ग्रान्ट स्टुअर्ट र क्रिशन कालुगामागेले समान २ विकेट लिए भने अलि हसन, बेन मानेन्टी र जेजे स्मट्सले १-१ विकेट लिए।
इंग्ल्याण्डका लागि यो खेल ‘गर या मर’ को अवस्थामा रहेको छ। यो खेल जितेमा इंग्ल्याण्ड सुपर ८ मा प्रवेश गर्नेछ भने इटाली पराजित भएमा उसको अघिल्लो चरणको यात्रा कठिन हुनेछ।





























प्रतिक्रिया