काठमाडौं
पूर्वराजा ज्ञानेन्द्र शाहले ६८ औँ प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा विज्ञप्ती जारी गरेका छन् । सो विज्ञप्ती मार्फत उनले ११ वैशाख २०६३ साल यता भएका राजनीतिक अभ्यासको समिक्षा गर्नु पर्ने बताएका छन् । शाहले प्रजातन्त्र भनेको निर्वाचनहरुको आयोजना मात्रै हो भन्ने भ्रम नराख्न पनि चेतावनी दिएका छन् । उनले ०६३ सालपछि देश र जनताको हित प्रति संवेदशीलता एवं जिम्मेवार भएर व्यवहार प्रस्तुत भइरहेको छ या अझै केन्द्रित सोचको पासमा राजनीति अल्झिएको छ , त्यसको समीक्षाको समय आएको बताए ।
उनको विज्ञप्तीमा भनिएको छ, ‘सीमित व्यक्तिहरुको स्वार्थ रक्षालाई नै प्रजातन्त्रको रुपमा जनताले आत्मसाथ गरिदिनु पर्ने हो कि होइन ? कानुनी राज एवं सुशासनको प्रत्याभूति दिलाउन नखोज्ने अवस्थालाई नेपाली जनताले कहिले सम्म व्यहोर्नु पर्ने हो ?
नयाँपत्रिकाबाट





























प्रतिक्रिया