आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्डमा नेपाली विद्यार्थीले ल्याए उत्कृष्ट नतिजा

आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्डमा नेपाली विद्यार्थीले ल्याए उत्कृष्ट नतिजा

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । क्याम्ब्रिज युनिभर्सिटी प्रेस एण्ड एसेसमेन्ट अन्तर्गतको द इन्टरनेशनल एडुकेसन ग्रुपले नेपालका विद्यार्थीहरुको उत्कृष्ट शैक्षिक उपलब्धि सम्मान गर्दै आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्डका विजेताहरुको घोषणा गरेको छ।

नोभेम्बर २०२४ र जून २०२५ मा क्याम्ब्रिज परीक्षा श्रृङ्खलामा उत्कृष्ट नतिजा हासिल गर्ने माध्यमिक तहका विद्यार्थीहरुलाई यो अवार्ड प्रदान गरिएको हो। नेपालका ४७ जना विद्यार्थीले क्याम्बिज इन्टरनेशनल एएस र ए लेभल परीक्षामा उत्कृष्ट नतिजा ल्याएका छन्। तीमध्ये ४ जना विद्यार्थीले विश्वभर उच्च अंक प्राप्त गरेका छन् भने ३६ जनाले नेपालभित्र एकल विषयमा उच्च अंक हासिल गरेका छन्।

विश्वका विभिन्न ४० वटा देशमा सञ्चालन हुने क्याम्बिज इन्टरनेशनल एडुकेसनका परीक्षामा सहभागी विद्यार्थीको सफलता यस अवार्डमार्फत सम्मान गरिएको हो। क्याम्बिजबाट प्राप्त योग्यताले विश्वविद्यालय स्तरको अध्ययन र पेशागत कार्यमा आवश्यक सीप प्रदान गर्दछ। यसले विद्यार्थीको आलोचनात्मक सोच, अनुसन्धान क्षमता, दक्षता र बिषयगत ज्ञानलाई उच्च कदर गर्दछ।

अवार्ड विजेता घोषणा कार्यक्रममा क्याम्बिज युनिभर्सिटी प्रेस एण्ड एसेसमेन्टका दक्षिण एसियाका क्षेत्रीय निर्देशक विनय शर्माले भने– “क्याम्बिजका विद्यार्थी हाम्रो कामको केन्द्रमा छन्। हाम्रो शिक्षा विद्यार्थीको विकास, उपलब्धि हासिल गर्न र कक्षाकोठाभन्दा बाहिर समेत सक्षम बनाउने गरी तयार पारिएको छ। नेपालका विद्यार्थीको उत्कृष्ट नतिजा उत्सवको रूपमा मनाउन पाउँदा हामी गर्व महसुस गर्दैछौं। विद्यार्थीको सफलतामा उनीहरुको समर्पण र शिक्षक तथा परिवारको बलियो सहयोगको भूमिका प्रमुख छ। यी अवार्डले विश्वव्यापी रुपमा विद्यार्थीको उत्कृष्टता सम्मान गर्ने मात्र नभई, आगामी दिनमा उनीहरुको पढाइ र करियरका लागि आत्मविश्वास र सीप विकासमा सहयोग गर्नेछ। हामी सबै विजेतालाई बधाई दिन्छौं र नेपालमा थप सफलताका लागि निरन्तर सहयोग गर्न तयार छौं।”

ब्रिटिस काउन्सिल नेपालकी परीक्षासम्बन्धी राष्ट्रिय निर्देशक प्रतिष्ठा थापा रायमाझीले भनिन्– “नेपालभरका विद्यार्थीको प्रतिवद्धता, अनुशासन र उत्कृष्ट नतिजा उनीहरुले प्राप्त गरेको उपलब्धिमा स्पष्ट देखिन्छ। आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्डमार्फत विद्यार्थीको राष्ट्रिय र अन्तर्राष्ट्रिय सफलता मान्यता पाएको देख्दा हामी खुशी छौं। निरन्तर मेहनत, उच्च गुणस्तरको शिक्षण, विद्यालय, परिवार र परीक्षा सञ्चालनमा संलग्न व्यक्तिहरुको सहयोगबाट यी सफलता सम्भव भएको हो। हामी निष्पक्ष, सुरक्षित र अन्तर्राष्ट्रिय स्तरको मूल्याङ्कन पद्धति लागू गर्न प्रतिवद्ध छौं र प्रत्येक विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन सक्ने वातावरण तयार पार्न लागि छौं। यी उपलब्धिले नेपालमा क्याम्बिज शिक्षाको माग र यसका सवल पक्ष पुष्टि गरेको छ।”

उच्च अंक हासिल गर्ने विद्यार्थीहरु              

नोभेम्वर २०२४ र जून २०२५ को परीक्षा शृङखला (सिरिज)बिषय                                                नाम                                     विद्यालय                               योग्यताको तह
 
अंग्रेजी भाषाअनुष्का शर्मारातो बंगला स्कूलक्याम्ब्रिज इन्टरनेशनल एएस लेभल
म्याथम्याटिक्सआरभ श्रेष्ठरातो बंगला स्कूलक्याम्ब्रिज इन्टरनेशनल एएस लेभल
सूचना प्रविधिआयु प्याकुरेलचेल्सी इन्टरनेशनल एकेडेमीक्याम्ब्रिज इन्टरनेशनल एएस लेभल
समाजशास्त्रजेन्शा श्रेष्ठब्रिटिस मोडल कलेजक्याम्ब्रिज इन्टरनेशनल एएस लेभल
समाजशास्त्रलिजेला शाक्यचेल्सी इन्टरनेशनल एकेडेमीक्याम्ब्रिज इन्टरनेशनल एएस लेभल
आर्ट एण्ड डिजाइनछायाँ रुबी श्रेष्ठद ब्रिटिस स्कूल, काठमाडौंक्याम्ब्रिज इन्टरनेशनल एएस लेभल
नाटक (ड्रामा)मेघना आस्ले थापा मगरद ब्रिटिस स्कूल, काठमाडौंक्याम्ब्रिज इन्टरनेशनल एएस लेभल
अंग्रेजी भाषा मान्यता न्यौपानेरातो बंगला स्कूलक्याम्ब्रिज इन्टरनेशनल एएस लेभल
म्याथम्याटिक्समानवी ज्ञवालीसेन्ट जेभियर कलेजक्याम्ब्रिज इन्टरनेशनल एएस लेभल
जिओग्राफीजियाकोमो फ्रिजेरियोद ब्रिटिस स्कूल, काठमाडौंक्याम्ब्रिज इन्टरनेशनल एएस लेभल
जर्मन भाषास्यारी लेना मेअरकाठमाडौं इन्टरनेशनल क्याम्ब्रिज इन्टरनेशनल एएस लेभल
इतिहाससिएन्ना एलिस क्यास्कीकाठमाडौं इन्टरनेशनल स्टडी सेन्टरक्याम्ब्रिज इन्टरनेशनल एएस लेभल
सूचना प्रविधिआर्या खड्गी जेम्स स्कूलक्याम्ब्रिज इन्टरनेशनल एएस लेभल
कानूनआश्ना पौडेलजेम्स स्कूलक्याम्ब्रिज इन्टरनेशनल एएस लेभल

Skip This
Skip This
Logo