काठमाडौँ
देशले सात वटै प्रदेशमा मुख्यमन्त्री पाएको छ । पहिलो मुख्यमन्त्री प्रदेश नम्बर ३ मा नियुक्त भएका थिए भने अन्तिम मुख्यमन्त्री बिहीबार प्रदेश नम्बर ६ र ७ मा नियुक्त भएका छन् । ६ नम्बरमा नेकपा माओवादी केन्द्रका महेन्द्र बहादुर शाही र ७ नम्बर प्रदेशमा माओवादीकै त्रिलोचन भट्ट मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
प्रदेश नम्बर १ मा शेरधन राई, प्रदेश नम्बर २ मा लालबाबु राउत, प्रदेश नम्बर ३ मा डोरमणि पौडेल, प्रदेश नम्बर ४ मा पृथ्वीसुब्बा गुरुङ, प्रदेश नम्बर ५ मा शंकर पोखरेल यसअघि नै मुख्य मन्त्री नियुक्त भइसकेका थिए । १, ३, ४ र ५ नम्बर प्रदेशमा नेकपा एमाले, २ संघीय समाजवादी फोरम र ६ र ७ मा माओवादीले मुख्यमन्त्री पाएको छ । प्रदेश नम्बर ४ र ६ तथा ७ मा मन्त्रिपरिषद विस्तार भएको छैन भने प्रदेश नम्बर ३ मा सबैभन्दा पहिला नै तीन सदस्यीय मन्त्रिपरिषद गठन गरिएको छ । प्रदेश नम्बर १, २ र ५ मा भने बिहीबार मन्त्रिपरिषद विस्तार गरिएको थियो ।
आर्थिक दैनिकबाट





























प्रतिक्रिया