रास्वपा परित्याग गरेकी मधेशकी संस्थापक सभापति शर्मा नेपाली कांग्रेस प्रवेशको तयारीमा

रास्वपा परित्याग गरेकी मधेशकी संस्थापक सभापति शर्मा नेपाली कांग्रेस प्रवेशको तयारीमा

केन्द्रबिन्दु
54
Shares

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि मधेश प्रदेश संस्थापक सभापति ममता शर्माले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएकी छन्। बुधबार आफ्नो राजीनामा घोषणा गर्दै शर्माले पार्टीका पछिल्ला निर्णयहरू आर्थिक अनियमितताबाट प्रभावित भएको र संगठनमा इमानदार कार्यकर्ताको भन्दा “आर्थिक चलखेल“ गर्नेहरूको कदर हुन थालेको गम्भीर आरोप लगाएकी छन्।

बुधबार जारी विज्ञप्तिमा उनले पार्टीभित्र इमानदार व्यक्तिहरूको मूल्यांकन नभएको तथा आर्थिक अनियमितता भएको आरोप लगाएकी छन् । ती कारणले आफूले पार्टीमा बसिरहन नसकेको उनको भनाइ छ ।

पार्टीको केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्य समेत रहेकी शर्माले आगामी निर्वाचनका लागि टिकट वितरणमा विधि र विधान विपरीत काम भएको असन्तुष्टि व्यक्त गरेकी छन्। उनले भनिन्, “पार्टीको ’जान्नेलाई छान्ने’ मूल नारा व्यवहारमा उल्टो देखिएको छ; क्षमता र योगदानभन्दा आर्थिक विषयलाई प्राथमिकता दिइँदा मेरो राजनीतिक मूल्य र आत्मसम्मानमा चोट पुगेको छ।“

‘आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरू प्रेरित भएको देख्दा मेरो आत्मसम्मान र राजनीतिक मूल्यहरूमाथि आँच आउने अवस्था सिर्जना भएको छ,’ विज्ञप्तिमा उनले उल्लेख गरेकी छन् । ‘यी सबै गतिविधिको साक्षी भएर अब मौन बसिरहन म असमर्थ छु । त्यसैले आजकै मितिदेखि लागू हुने गरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको छु ।’

२०७९सालश्रावण१०गतेदेखिशर्माकेन्द्रियमहिला तथा सामाजिक विकास विभागको सदस्यमानियुक्तभएकीथिइन् ।यसपालि टिकट पाउने आशामा रहेकी उनले अन्तिम समयमा टिकट नपाएपछि असन्तुष्ट रहँदै आएकी थिइन् । समानुपातिकमा पनि ममताले निवेदन दिएकी थिइन् । उनले प्राइमरी निर्वाचनबाट तेस्रो नम्बरमा नाम निकाल्न सफल भएकी थिइन्, तर लिस्ट बनाउँदा पार्टीले उनको नाम सात नम्बरमा पुर्याएएको थियो, त्यसपछि उनले समानुपातिकमा बस्न अस्वीकार गरेकी थिइन् ।

रास्वपा परित्याग गरेकी मधेशकी संस्थापक सभापति ममता शर्मा नेपाली कांग्रेस प्रवेशको तयारीमा छिन्।
रास्वपाभित्र टिकट वितरण र आन्तरिक लोकतन्त्रको विषयलाई लिएर अन्य केही नेताहरूले पनि यसअघि नै असन्तुष्टि जनाउँदै पार्टी छोडिसकेका छन्।

Logo