युएईले दक्षिण अफ्रिकालाई दियाे १२३ रनको सामान्य लक्ष्य

युएईले दक्षिण अफ्रिकालाई दियाे १२३ रनको सामान्य लक्ष्य

केन्द्रबिन्दु
33
Shares

काठमाडाैं । दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा जारी आईसीसी पुरुष टी-२० विश्वकपको महत्वपूर्ण खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले दक्षिण अफ्रिकालाई जीतका लागि १२३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। निर्धारित २० ओभरको ब्याटिङ गर्दै युएईले ६ विकेटको क्षतिमा जम्मा १२२ रन मात्र बनाउन सकेकाे हाे ।

युएईका लागि ओपनर तथा कप्तान मोहम्मद वासिमले विष्फोटक सुरुवात गर्दै १२ बलमा ४ चौकासहित २२ रन जोडे पनि अन्य ब्याट्सम्यानले त्यसलाई निरन्तरता दिन सकेनन्। मध्यक्रमका अलीशान शराफुले सर्वाधिक ४५ रनको योगदान दिए। उनले ३८ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे पनि टोलीको रनरेट बढाउन सकेनन्।

युएईको मध्यक्रम दक्षिण अफ्रिकी पेस आक्रमणसामु निरीह देखियो। दक्षिण अफ्रिकाका लागि युवा पेसर कोर्बिन बोश खेलको नायक बने। उनले आफ्नो ४ ओभरको स्पेलमा मात्र १२ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए।

त्यस्तै, अनुभवी बलर एनरिक नोर्कियाले २ विकेट लिए भने स्पिनर जर्ज लिन्डेले १ विकेट झार्दै विपक्षी टोलीलाई दबाबमा राखे। स्टार बलर कागिसो रबाडा र क्वेना माफाका विकेटविहीन रहे पनि उनीहरूले किफायती बलिङ गरे।

Skip This
Skip This
Logo