काठमाडौ ।

पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादर चन्दले इमान्दारी र सच्चा व्यबहार भएमा प्रधानमन्त्रीको यात्रा सफल हुने बताएका छन् । "/>

ओलीलाई पुर्व प्रधानमन्त्री चन्दको सुझावः इमान्दार भएर काम गर्नुहोस् !

ओलीलाई पुर्व प्रधानमन्त्री चन्दको सुझावः इमान्दार भएर काम गर्नुहोस् !

केन्द्रबिन्दु
0
Shares

काठमाडौ ।

पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादर चन्दले इमान्दारी र सच्चा व्यबहार भएमा प्रधानमन्त्रीको यात्रा सफल हुने बताएका छन् ।

प्रधानमन्त्रीको अनुभब र साहित्यका बारेमा लेखन कुञ्जको आयोजनामा भएको कार्यक्रममा पूर्र्व प्रधानमन्त्री चन्दले भने “प्रधानमन्त्री जनताको प्रतिनिधि हो त्यसैले प्रधानमन्त्रीले गर्ने हरेक काममा जनताको सरोकार हुन्छ र प्रधानमन्त्रीको काम यस्तो होस कि जनताले आफनो सहि प्रतिनिधित्वभएको अनुभबप गर्न सकुन् ।”

सविधानसभाले बनाएको सविधान अनुरुप भएको निर्बाचन पछि प्रधानमन्त्री पदमा नियुक्त भएका केपी शर्मा ओली प्रति संकेत गर्दे उनले भने “जनताको आँखा जतिखेर पनि प्रधानमन्त्रीको काम प्रति हुने भएको त्यसतर्फ हरेक समयमा ख्याल हुनुपर्छ ।”

सरल र भद्र स्वभाबकापुर्ब प्रधानमन्त्रीचन्द लेखन कुञ्ज सिडयोटोलमा पुगेर आफ्नो अनुभव आदानप्रदान गर्ने कार्यक्रममा पूर्वप्रधान न्यायाधीश केदारनाथ उपाध्याय , पुर्व उपप्रधामन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारी, डा भीष्म प्रसाइ, बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, पुर्व सचिब डा द्धारिका ढुंगेल, लेखक पत्रकार , साहित्यकार , कलाकार लगायतका पिशिष्ठ व्यक्तित्वहरुको सहभागीता थियो ।

 

Logo