टी-२० विश्वकपः सुपर ८ को समीकरण पूरा, भारत र दक्षिण अफ्रिका एउटै समूहमा

टी-२० विश्वकपः सुपर ८ को समीकरण पूरा, भारत र दक्षिण अफ्रिका एउटै समूहमा

केन्द्रबिन्दु
78
Shares

काठमाडाैं । सलमान अली अघाको कप्तानीमा रहेको पाकिस्तानले बुधबार नामिबियालाई १०२ रनको विशाल अन्तरले पराजित गर्दै आईसीसी टी-२० विश्वकप २०२६ को सुपर ८ मा आफ्नो स्थान सुरक्षित गरेको छ। यससँगै प्रतियोगिताको अर्को चरणमा पुग्ने आठवटै टोलीको टुङ्गो लागेको छ।

कूल २० टोली सहभागी यस विश्वकपमा चार समूहका शीर्ष दुई टोलीहरू अर्को चरणका लागि छनोट भएका हुन्। अबको प्रतिस्पर्धा थप रोमान्चक हुने देखिएको छ।

कुन समूहबाट को-को छानिए ?

समूह ‘ए’ मा साबिक विजेता भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तानमाथि ६१ रनको सानदार जित निकाल्दै सबैभन्दा पहिले स्थान पक्का गरेको थियो। पाकिस्तान यही समूहबाट दोस्रो टोलीको रूपमा छनोट भयो। यसैगरी समूह ‘बी’मा सह-आयोजक श्रीलंका अस्ट्रेलियालाई हराउँदै पहिलो टोली बन्यो। यता, आयरल्याण्डसँगको खेल वर्षाले रद्द भएपछि जिम्बाब्वेले पनि सुपर ८ मा स्थान बनायो। नतिजास्वरूप पूर्व विजेता अस्ट्रेलिया प्रतियोगिताबाट बाहिरिएको छ।

समूह ‘सी’मा भने दुई पटकको च्याम्पियन वेस्टइन्डिजले नेपाललाई ९ विकेटले हराउँदै पहिलो स्थान सुरक्षित गर्‍यो। यही समूहबाट इङ्गल्याण्डले इटालीलाई २४ रनले हराउँदै अन्तिम आठको यात्रा तय गर्‍यो। समूह ‘डी’ मा दक्षिण अफ्रिका र न्युजिल्याण्डले यस समूहबाट सहजै अर्को चरणको यात्रा तय गरे।

अब समूह–१ मा भारत, वेस्ट इन्डिज, दक्षिण अफ्रिका र जिम्बाबे प्रतिस्पर्धा गर्नेछन् भने समूह २ मा इंग्ल्यान्ड, न्यूजिल्याण्ड, पाकिस्तान र श्रीलंका खेल्नेछन् ।

Logo