मेची भन्सारद्वारा ९ अर्ब ९२ करोड राजस्व असुली, माघमा मात्रै १ अर्ब बढी सङ्कलन

मेची भन्सारद्वारा ९ अर्ब ९२ करोड राजस्व असुली, माघमा मात्रै १ अर्ब बढी सङ्कलन

केन्द्रबिन्दु
0
Shares

भद्रपुर (झापा) । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु नौ अर्ब ९२ करोड २६ लाख २७ हजार राजस्व सङ्कलन गरेको छ ।

उक्त कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार उक्त अविधिमा रु १० अर्ब ५५ करोड २० लाख ३४ हजार सङ्कलनको लक्ष्य निर्धारण भएको थियो। यद्यपि माघमा मात्रै रु एक अर्ब ५१ करोड ३४ लाख ३१ हजार सङ्कलन भएको छ। यो उक्त माघका लागि निर्धारित लक्ष्यको १०२ दशमलव ३४ प्रतिशत हो ।

चालु आवमा रु १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजस्व उठाउने लक्ष्य छ ।

Logo