रास्वपाको वाचा- दललाई सरकारी कोषबाट अनुदान, ट्रेड युनियन खारेज गर्ने

रास्वपाको वाचा- दललाई सरकारी कोषबाट अनुदान, ट्रेड युनियन खारेज गर्ने

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो नेतृत्वमा सरकार बने दलसम्बद्ध ट्रेड युनियन खारेज गर्ने जनाएको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट सार्वजनिक गरेको वाचा–पत्रमा रास्वपाले सार्वजनिक सेवा प्रवाहलाई लाइनमुक्त बनाउँदै पूर्ण अनलाइन प्रणालीमा लैजाने, दलसम्बद्ध ट्रेड युनियन खारेज गर्ने जनाएको हो । साथै मेरिटोक्रेसीका आधारमा न्यायाधीश नियुक्ति गर्ने तथा अदालती सुनुवाइको प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाइने घोषणापत्रमा उल्लेख छ । विद्यालय र विश्वविद्यालयलाई दलीय प्रभावबाट मुक्त गरिने पनि प्रतिबद्धता गरिएको छ ।

राष्ट्रिय दललाई सरकारी कोषबाट रकम उपलब्ध गराउने तथा पार्टी अनुशासन संयन्त्र बलियो बनाउने योजना पनि सार्वजनिक गरिएको छ ।

Skip This
Skip This
Logo