पशुपतिमा युवकको हत्या, भारतीयसहित दुई जना पक्राउ

पशुपतिमा युवकको हत्या, भारतीयसहित दुई जना पक्राउ

केन्द्रबिन्दु
15
Shares

काठमाडौं। पशुपतिनाथ मन्दिर परिसरमा एक युवकको हत्या भएको घटनामा प्रहरीले एक भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरेको छ ।

फागुन ६ गते राति पशुपति–१५ स्थित शिवालय मन्दिरको उत्तरतर्फ रहेको दोस्रो मन्दिरभित्र सङ्खुवासभाका २५ वर्षीय सन्तोष गिरी मृत अवस्थामा फेला परेका थिए ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले दोलखा वैँतेश्वर गाउँपालिका–२ घर भई हाल भक्तपुर थिमी बस्दै आएका २३ वर्षीय सरोज तामाङ र भारत उत्तर प्रदेश मथुरा घर भई हाल पशुपति क्षेत्रमा बस्दै आएका ४८ वर्षीय नीरज नाथलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार मृतक गिरी र नीरज नाथसहितको समूहबीच विवाद भएको थियो । विवादका क्रममा चिम्टालगायतका वस्तुले प्रहार गर्दा गिरीको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

मृतकको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Logo