अत्तरियामा तीव्र गतिका कारण मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु

अत्तरियामा तीव्र गतिका कारण मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु

केन्द्रबिन्दु
21
Shares

धनगढी। कैलालीको अत्तरिया क्षेत्रमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दुर्घटना शुक्रबार साँझ धनगढी–डडेल्धुरा (भीमदत्त) राजमार्गअन्तर्गत वनदेवी सडकखण्डमा भएको हो ।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका तीन जनाको उपचारका लागि धनगढी लैजाँदै गर्दा मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुप प्र०१–०१० प ३१८७ नम्बरको मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–२ का २२ वर्षीय हरिश ओली, सुप प्र०१–००९ प ७७८१ नम्बरको मोटरसाइकल चालक गोदावरी नगरपालिका–१ का अन्दाजी २६ वर्षीय योगेन्द्र शाह र सोही मोटरसाइकलमा सवार अन्दाजी २३ वर्षीय हरिश पार्की रहेका छन् ।

दुर्घटनामा सुप प्र०१–०१० प ३१८७ नम्बरकै मोटरसाइकलमा सवार गोदावरी नगरपालिका–६ लालपुरका २३ वर्षीय जीवन पाठक घाइते भएका छन् । उनको उपचार भइरहेको छ ।

प्रहरीका अनुसार मोटरसाइकल उच्च गतिमा रहेकाले ठक्करपछि पाङ्ग्रा र अन्य पाटपुर्जा टाढासम्म उछिट्टिएको पाइएको छ । प्रारम्भिक अनुमानमा तीव्र गतिका कारण दुर्घटना भएको देखिएको छ ।

मृतक हरिश ओली गोदावरीमा एक विवाह कार्यक्रममा सहभागी भएर धनगढीतर्फ फर्किँदै गर्दा दुर्घटना भएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Skip This
Skip This
Logo