– पूर्णप्रसाद मिश्र 

खरिढुंगा, दोलखा, ४ फागुन (रासस) ः समुद्री सतहबाट तीन हजार ३०० मिटरको उचाइमा उत्तर पूर्वी भेगतिर गणेश, जुगल र गौरीशंकर हिमालको काखमा रहेको डाङ्डुङे डाँडामा अन्तर्राष्ट्रिय चलचित्र नगरी निर्माण हुने भएको छ । "/>

  • २१ जेष्ठ २०८३, बिहीबार
Logo
  • Logo युनिकोड
  •  भिडियो
  • Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • लाइफ स्टाइल
  • विचार
  • विज्ञान प्रविधि
  • रंगीन संसार
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • खेलकुद
  • अन्य
    • साहित्य
    • विश्व
    • विचार/ब्लग
    • सफलताकाे कथा
    • समाज
    • सम्पादकीय
    • संस्कृति / सम्पदा
    • सिनेजगत
    • स्वास्थ्य
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

केन्द्रबिन्दुसर्च गर्नुहोस्

Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • न्युज
  • लाइफ स्टाइल
  • विचार/ब्लग
  • बेस्ट प्लस टु
  • विज्ञान प्रविधि
  • सिनेजगत
  • खेलकुद
  • सफलताकाे कथा
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • विक्ली ब्लो अप
  • अन्य
    • रंगीन संसार
    • निगरानी
    • न्युज
    • समाज
    • प्रवास
    • शिक्षा
    • ब्लग
    • केन्द्रबिन्दु संबाद
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

डाङ्डुङे डाँडामा अन्तर्राष्ट्रिय चलचित्र नगरी निर्माण हुने

डाङ्डुङे डाँडामा अन्तर्राष्ट्रिय चलचित्र नगरी निर्माण हुने

केन्द्रबिन्दु
४ फाल्गुन २०७४, शुक्रबार
0
Shares

– पूर्णप्रसाद मिश्र 

खरिढुंगा, दोलखा, ४ फागुन (रासस) ः समुद्री सतहबाट तीन हजार ३०० मिटरको उचाइमा उत्तर पूर्वी भेगतिर गणेश, जुगल र गौरीशंकर हिमालको काखमा रहेको डाङ्डुङे डाँडामा अन्तर्राष्ट्रिय चलचित्र नगरी निर्माण हुने भएको छ । 

चलचित्र विकास बोर्डले प्राकृतिक सौन्दर्यताले भरिपूर्ण सेतीदेवी सामुदायिक वनको एक हजार ५०० रोपनी क्षेत्रफलमा अतिथिगृह र छायाङ्कनस्थल लगायत संरचनाको निर्माण गर्न लागेको हो । यो ठाउँमा अन्तर्राष्ट्रिय चलचित्र नगरी आयोजना निर्माणका लागि मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी सरकारका सूचना तथा सञ्चारमन्त्री माधव पौडेलको पालादेखि पहल शुरु भएको थियो । 

कलाकार मदनदास श्रेष्ठले हिउँदमा प्रायः हिउँ पर्ने यो ठाउँमा चलचित्र नगरी निर्माणका लागि निरन्तर प्रयास जारी राख्नुभयो । फलस्वरुप सबै प्रक्रिया पूरा गरेर बिहीबार अन्तर्राष्ट्रिय चलचित्र नगरीको शिलान्यास भयो । शिलान्यास गर्दै पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मृग, घोरल, कस्तुरीलगायतका जंगली जनावर दौडने यो वनमा बन्ने चलचित्र नगरी अन्तर्राष्ट्रिय जगत्मै आकर्षक थलो बन्ने विश्वास व्यक्त गर्नुभयो । 

“चलचित्र नगरी निर्माणका लागि पोखरा, बारालगायत स्थानबाट पनि प्रस्ताव आएको थियो, योभन्दा उपयुक्त स्थान अन्यत्र देखिएन, वरपर प्राकृतिक, धार्मिक एवं पर्यटकीयस्थल रहेकाले यो स्थल उपयुक्त छ, चलचित्र क्षेत्रलाई उद्योगका रुपमा व्यवस्थित गर्न पनि यो नगरीले महत्वपूर्ण योगदान गर्नेछ, म पदमा रहे पनि नरहे पनि नगरी निर्माणका लागि सधैँ व्यक्तिगत तवरले सहयोग गर्नेछु”, उहाँले भन्नुभयो । 


चलचित्र नगरीमा विमानस्थल, पाँचतारे होटल, चलचित्र निर्माणका लागि उपयुक्तस्थल लगायत नेपाली चलचित्र क्षेत्रलाई उद्योगका रुपमा विकास गर्ने किसिमका संरचना निर्माण गर्ने गरी विस्तृत परियोजना प्रस्ताव तयार गरिएको पूर्वमन्त्री बस्नेतले बताउनुभयो । 

यो स्थलको वरपर त्रिपुरासुन्दरी, कालिञ्चोक र भीमेश्वरलगायतका धार्मिक आस्थाका केन्द्र पनि छन् । करिब दुई दशकअघि दक्षिण एशियाकै ठूलो खरिढुंगा म्याग्नेसाइट उद्योग सञ्चालन गरिए पनि पछि बन्द हुँदा एक हजारभन्दा बढीले रोजगारी गुमाएका थिए । 

नेपाल टेलिभिजनका पूर्वप्राविधिक प्रकाशजङ्ग कार्कीले अमेरिकाको लस एञ्जल्समा निर्माण गरिएजस्तै चलचित्र नगरी खरिढुंगामा निर्माण गरिनुपर्ने बताउनुभयो । 

“लस एञ्जलसको त्यो स्टुडियो चलचित्र छायांकनका लागि प्रसिद्ध भए जस्तै यहाँ पनि विश्वकै निर्माता, निर्देशकलाई आकर्षित गर्ने गरी संरचना बनाइनुपर्छ, अन्तर्राष्ट्रिय जगत्का निर्माता, निर्देशक पनि चलचित्रको छायांकनका लागि यहाँ आकर्षित गरेर चलचित्र पर्यटनको विकास गर्न सकिन्छ”, उहाँले भन्नुभयो । 

बिहानदेखि बेलुकीसम्म पारिलो घाम लाग्ने भएकाले चलचित्र छायाँकनका लागि प्राकृतिक रुपमै उपयुक्त हुने प्राविधिक कार्कीले बताउनुभयो । बिहीबार शिलान्यासका क्रममा तापिलो घाम लागिरहेको डाङडुङे डाँडामा केही दिन अघि परेको हिउँ पग्लिसकेको थिएन । जसलाई हातमा लिएर खेलाउँदा कार्यक्रमका सहभागीले आनन्दको अनुभव गरेका थिए । 

खरिढुंगाबाट ६ दशमलव ५ किलोमिटरको सडक पार गरेपछि सेतीदेवी सामुदायिक वनको यो रमणीयस्थलमा पुग्न सकिन्छ । खरिढुंगा क्षेत्रमा चलचित्र नगरी स्थापनाका लागि लामो समयदेखि अभियान चलाइरहनुभएका कलाकार श्रेष्ठले यो डाँडामा संरचना निर्माणको प्रस्ताव राख्दा धेरैले नपत्याएको जानकारी दिनुभयो । 

“कतिले मदनदास बहुलायो भन्थे, हुस्सु आउँछ, हिउँ पर्छ, यस्तो स्थानमा चलचित्र नगरी हुन्छ र ? भन्नेहरुले अहिले प्राकृतिक स्थानमा निर्माण गर्नु उपयुक्त हुने बताउन थालेका छन्”, उहाँले भन्नुभयो । 

चलचित्र नगरी निर्माणका लागि सामुदायिक वन क्षेत्रको एक हजार ५०० जग्गामा अनुमति दिने निर्णय गरेर पूर्व वन तथा भू–संरक्षण मन्त्री शंकर भण्डारीका पालामा समेत सहयोग भएको स्मरण गर्नुभयो । 

बोर्डकी अध्यक्ष निकिता पौडेलले आवास गृहसहित चलचित्र छायाङ्कनका लागि ‘आउटडोर’ र ‘इनडोर’ का संरचना पनि निर्माण गर्ने गरी परियोजना प्रस्ताव तयार भएको बताउनुभयो । चलचित्र नगरी निर्माणका लागि केही दिनमै टेण्डर आह्वानको तयारी भएको पनि उहाँले बताउनुभयो । 

भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेतले नगरपालिकाको वडा नं ९ स्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण डाङ्डुङे डाँडामा निर्माण हुने चलचित्र नगरीका लागि स्थानीय सरकारका तर्फबाट गर्न सकिने सबै साथ र सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो । 

 
 
 
 
 
 
 
 

प्रतिक्रिया

भर्खर

बालेनभन्दा अगाडि रविसँग भारतले किन बढायो सम्बन्ध ?

एमालेको संकल्प- १ संगठित सदस्य बराबर न्यूनतम ३ नयाँ सदस्य तयार गर्ने

सगरमाथामा ६ दिन बेपत्ता भएका दावा शेर्पाको ह्याम्स अस्पतालमा उपचार हुँदै​

पुलित्जर पुरस्कार विजेता कविहरूद्वारा केएमसी स्कुल बागबजारकाे भ्रमण

एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय

Logo

सम्पर्क

९८०१८१३३१०

प्रबन्ध निर्देशक / प्रधान सम्पादक

विदुर खतिवडा

विज्ञापनका लागि

०१-५७०५३३५

सूचना विभाग दर्ता नं.

१११२ / २०७५–७६


  • हाम्रो टीम
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
  • विज्ञापन
  • यूनिकोड
हनुमानस्थान, अनामनगर, काठमाडौँ, नेपाल

[email protected]


©2026 Kendrabindu सर्वाधिकार केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. | Designed & Developed by : Appharu