२०८२ फागुन १० देखि १६ गतेसम्मको राशिफल ।।
ज्योतिष शास्त्रअनुसार ब्रह्माण्डमा मुख्यतः नौ ग्रह छन्—सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु । त्यस्तै, कुल १२ राशि हुन्छन्। वैदिक ज्योतिषमा जन्म समयमा चन्द्रमा रहेको राशिलाई ‘चन्द्र राशि’ भनिन्छ, र यही राशिका आधारमा जातकको स्वभाव, भविष्य तथा दैनिक जीवनका घटनाहरूको विश्लेषण गरिन्छ।
हामी यही चन्द्र राशि र ग्रहहरूको गोचर अनुसार साप्ताहिक राशिफलको मूल्याङ्कन गरी तपाईंलाई मार्गदर्शन प्रदान गर्दछौं । साप्ताहिक राशिफलको माध्यमबाट तपाईंले जान्न सक्नुहुन्छ कि यो साता तपाईंको लागि कस्तो रहनेछ, के–के नयाँ परिवर्तन आउन सक्छन्, र भाग्यले कति साथ दिनेछ।
हामीले प्रस्तुत गरेका उपायहरू ग्रहजन्य बाधा–विघ्न हटाउन र सप्ताहलाई शुभ बनाउन सहायक हुने विश्वास लिएका छौं। यद्यपि, सबै राशिका जातकहरूलाई सबै कुरा समान रूपमा लागू नहुन पनि सक्छन्, किनभने यी भविष्यवाणीहरू ग्रहहरूको गोचर र त्यसको प्रभावका आधारमा गरिएका हुन्। तर, यदि तपाईंले सुझाइएको उपाय अपनाउनुभयो भने, यो साता तपाईंका लागि अधिक लाभदायक र सफल रहन सक्नेछ। हेराैं, ज्योतिषी आचार्य श्री डा. प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल–
मेष राशि
यो हप्ता अलिक उतार-चढाव अनुभव गर्न सक्नेछन् । हप्ताको सुरुवातदेखि नै कामहरूलाई सोच–विचार गरेर र योजनाबद्ध तरिकाले गर्नु राम्रो हुनेछ। मनमा नकारात्मक विचार नआउँदै सकारात्मक सोच राख्न अत्यन्त जरुरी छ, नत्र कामप्रति उदासीनता आउन सक्छ।
हप्ताको सुरुमा मेहनत र प्रयास गर्दा स्थिति सुधारिने सम्भावना छ। साथी र उच्च अधिकारीहरूसँग राम्रो तालमेल बनाएर काम गर्दा लाभ हुनेछ। करियर, व्यापार वा व्यक्तिगत जीवनमा ठूलो निर्णय लिनु अघि शुभचिन्तक वा वरिष्ठहरूको सल्लाह लिनु उचित हुनेछ।
क्रय–बिक्रीमा यो हप्ता अपेक्षाभन्दा कम लाभदायी रहन सक्छ। सम्बन्ध र नाता सुधार्नका लागि अरूको कुरा धैर्यपूर्वक सुन्नुहोस् र विनम्र रहनुहोस्। प्रेम सम्बन्धमा कदम सोच–विचार गरेर राख्नुहोस् र सामाजिक मर्यादाको ख्याल गर्नुहोस्। स्वास्थ्य सामान्य रहनेछ, ठूलो समस्या नदेखिन्छ ।कार्यक्षेत्रमा स्थिति मजबुत रहनेछ।परिवार र जीवनसाथीको सहयोग प्राप्त हुनेछ । करियरमा प्रगतिको अवसर मिल्नेछ।
राजनीति वा कानुनी मामिलामा सफलता मिल्ने योग।आयमा वृद्धि र लगानीका लागि समय अनुकूल।विद्यार्थीहरूका लागि हप्ता सामान्य छ; अरूको नक्कल नगर्नुहोस्।जोखिमको काम र ठूलो शेयर मार्केट लगानी नगर्नुहोस्।तनाव बढ्न र इलेक्ट्रोनिक उपकरणमा खराबी हुन सक्छ।हप्ताको अन्त्यतिर घरमा सानो कलह हुने सम्भावना छ ध्यान दिनुहाेस् ।
उपाय- हनुमान चालीसाको नियमित पाठ गर्नुहोस्।
वृष राशि
यो हप्ता अत्यन्त शुभ र सौभाग्यपूर्ण रहने संकेत छ । यस हप्तामा ठूलो खुशी प्राप्त हुने सम्भावना देखिन्छ। हप्ताको सुरुदेखि नै तपाईंले सोचेका कामहरू समयमै सम्पन्न हुनेछन्, जसले मानसिक शान्ति र आनन्द दिनेछ। सुख–सुविधामा पनि वृद्धि हुनेछ।
हप्ताको प्रारम्भमा जग्गा–जमिन, घर वा सवारी साधन सम्बन्धी इच्छा पूरा हुन सक्छ। पैतृक सम्पत्तिसम्बन्धी विवाद छलफलबाट समाधान हुन सक्छ। हप्ताको पहिलो भाग दोस्रो भागभन्दा बढी उन्नति र लाभदायक रहनेछ, त्यसैले महत्वपूर्ण कामहरू यसै समयमा सम्पन्न गर्ने प्रयास गर्नु राम्रो हुन्छ।
नोकरी गर्ने व्यक्तिहरूले कार्यक्षेत्रमा योजनाबद्ध रूपमा काम गर्नुपर्छ, तब मात्र राम्रो परिणाम मिल्नेछ । व्यवसायीहरूका लागि व्यापार अनुकूल रहनेछ । व्यवसायसँग सम्बन्धित यात्रा फलदायी हुनेछ । विद्यार्थीहरूका लागि पनि यो हप्ता शुभ छ। परीक्षा तथा प्रतिस्पर्धामा सफलता मिल्ने योग छ र पढाइप्रति रुचि बढ्नेछ।
प्राविधिक शिक्षासँग सम्बन्धित विद्यार्थीहरूलाई करियरका राम्रो अवसर मिल्न सक्छन्। पूजा–पाठप्रति रुचि बढ्नेछ । उच्च अधिकारीहरूसँग सम्बन्ध मधुर रहनेछ। सामाजिक सञ्जालमार्फत शुभ समाचार प्राप्त हुन सक्छ। व्यापारिक कामहरू सहज रूपमा अघि बढ्नेछन् र आर्थिक अवस्था सुधार हुनेछ। प्रियजनहरूको कठिन समयमा सहयोग गर्दा प्रशंसा प्राप्त हुनेछ। हप्ताको अन्त्यतिर पारिवारिक समस्याको समाधान हुन सक्छ ।
तर हप्ताको सुरुवातमा नयाँ काम सुरु नगर्नु राम्रो हुन्छ। एकतर्फी सोचबाट बच्नुहोस् र अरूका विचारलाई पनि महत्व दिनुहोस्। सोमबार लामो दूरीको यात्रा नगर्नु उपयुक्त हुनेछ । कार्यक्षमतामा केही कमी आउन सक्छ। नजिकका व्यक्तिहरूबाट काममा अवरोध आउने सम्भावना छ । अत्यधिक उत्साहमा काम गर्दा बिग्रन पनि सक्छ। वैवाहिक जीवनलाई पर्याप्त समय दिनुहोस् र आमाबुबाको स्वास्थ्यको विशेष ख्याल राख्नुहोस्।
उपाय- शिव महिम्न स्तोत्रको पाठ गर्नु लाभदायक हुनेछ।
मिथुन राशि
यो हप्ता अलि व्यस्त र दौडधुपपूर्ण रहने देखिन्छ । करियर र व्यापारका कामले बढी भागदौड गराउन सक्छ। हप्ताको सुरुवाततिर कामकाज र व्यक्तिगत जीवनका केही समस्याले चिन्ता बढाउन सक्छ, त्यसैले समय र ऊर्जाको सही व्यवस्थापन गरेर अघि बढ्नु राम्रो हुन्छ।
यो हप्ता हतारमा वा अन्योलमा परेर कुनै ठूलो निर्णय नलिनुहोस्। आफ्नै समस्यामा अल्झिँदा आफन्तप्रति भावनात्मक दूरी महसुस हुन सक्छ, तर हप्ताको अन्त्यतिर अवस्था विस्तारै सुधार हुँदै जानेछ।
व्यवसाय गर्नेहरूले कुनै पनि योजनामा लगानी गर्दा राम्रोसँग सोचेर मात्र पैसा लगानी गर्नुहोस्। हप्ताको पछिल्ला दिनमा सन्तानसँग सम्बन्धित विषयले मन चिन्तित बनाउन सक्छ। प्रेम र वैवाहिक सम्बन्ध राम्रो राख्न बोल्ने शैली र व्यवहार नम्र राख्नुहोस्। अरूको कुरामा आवश्यकताभन्दा बढी हस्तक्षेप नगर्नु राम्रो हुन्छ।
स्वास्थ्यमा लापरवाही नगर्नुहोस् र नियमित दिनचर्या अपनाउनुहोस्, यसले मानसिक र शारीरिक सन्तुलन राख्न मद्दत गर्छ। आर्थिक कुरामा स्पष्टता राख्नुहोस्, सानो गल्तीले पछि ठूलो समस्या ल्याउन सक्छ। नयाँ सोच र नयाँ तरिकाले काम गर्दा फाइदा मिल्नेछ। समाजमा सम्मान र प्रशंसा पाइने सम्भावना छ। परिवारले तपाईंको कामको कदर गर्नेछ। घरपरिवारका लागि केही खर्च बढ्न सक्छ र भविष्यको योजना बनाउने सोच आउला। जीवनसाथीको सहयोगले चिन्ता कम हुनेछ।
अरूको धेरै सल्लाहमा अल्झिनुभन्दा आफ्नै कामलाई प्राथमिकता दिनु राम्रो हुन्छ। मधुमेह भएका व्यक्तिहरूले विशेष सावधानी अपनाउनुहोस्। कार्यक्षेत्रमा सहकर्मीका कारण सानो समस्या आउन सक्छ र मन अलि अशान्त हुन सक्छ। परिवारका कारण खर्च बढ्न सक्छ, स्वास्थ्यप्रति बेवास्ता नगर्नुहोस्।
उपाय- विष्णु सहस्रनाम स्तोत्रको पाठ गर्नु शुभ हुनेछ।
कर्कट राशि
यो हप्ता कर्कट राशिका लागि उत्साह र जोशले भरिएको रहनेछ। विद्यार्थीहरूले पढाइमा राम्रो ध्यान दिन सक्नेछन्। तपाईंका सिर्जनात्मक काम र विचारलाई साथीहरूको साथ र समर्थन मिल्नेछ। विवाहयोग्य व्यक्तिहरूको विवाहमा आइरहेको अवरोध हट्ने सम्भावना छ। थोरै प्रयासमै सहकर्मीहरूभन्दा अगाडि बढ्न सक्नुहुन्छ। प्रशासनसँग सम्बन्धित व्यक्तिको प्रतिष्ठा बढ्नेछ र जागिरमा राम्रो अवसर प्राप्त हुने योग छ।
तर हतारमा काम गर्दा बिग्रिन सक्छ, त्यसैले धैर्य राख्नुहोस् र वरिष्ठहरूको सल्लाह ध्यान दिएर सुन्नुहोस्। नोकरी गर्नेहरूका लागि यो समय प्रगतिशील रहनेछ र तपाईंको अनुभव काम लाग्नेछ। आर्थिक अवस्था सुधार हुने संकेत देखिए पनि खर्चमा नियन्त्रण राख्नु आवश्यक छ। व्यवसायीहरूले मिश्रित परिणाम पाउन सक्छन्, त्यसैले आर्थिक निर्णय सोचेर मात्र लिनु राम्रो हुन्छ।
प्रेम सम्बन्धमा जीवनसाथीले आफूलाई बेवास्ता गरिएको महसुस गर्न सक्छन्, त्यसैले गलतफहमी हटाउने र आफ्नो माया–चासो देखाउने प्रयास गर्नुहोस्। स्वास्थ्यप्रति ध्यान दिनुहोस् र नियमित जाँच गराउनु राम्रो हुन्छ। कार्यस्थलमा आफ्नै मनपरी नगर्नुहोस्, नत्र नयाँ शत्रु बन्न सक्छन्। उच्च अधिकारीले सधैं सहयोग गर्न नसक्ने अवस्था आउन सक्छ। रिसका कारण मानिसहरू तपाईंप्रति असन्तुष्ट हुन सक्छन्। दिएको ऋण फिर्ता लिन गाह्रो पर्न सक्छ। गर्भवती महिलाले यात्रा नगर्नु राम्रो हुन्छ। सन्तान सम्बन्धी चिन्ताले मन अलि व्याकुल हुन सक्छ।
उपाय-शिवलिङ्गमा जलधाराले अभिषेक गर्नु शुभ हुनेछ।
सिंह राशि
यो हप्ता मिश्रित फल दिने खालको रहनेछ । यस हप्ता तपाईंले आफ्नो कुरा स्पष्ट र सही तरिकाले राख्नु धेरै आवश्यक छ, नत्र अरूले गलत अर्थ लगाउन सक्छन्। हप्ताको पहिलो भाग केही संघर्षपूर्ण हुन सक्छ, त्यसैले कामकाज वा जीविकासँग सम्बन्धित ठूलो निर्णय सोचेर मात्र लिनुहोस्।
हप्ताको सुरुवात भने शुभ रहनेछ। पूरै हप्ता संयम र धैर्य राख्नु राम्रो हुन्छ। होटल वा आतिथ्य व्यवसाय गर्नेहरूका लागि हप्ता राम्रो रहनेछ। सन्तानलाई करियरमा सफलता मिल्ने सम्भावना छ। तपाईंको नेतृत्व क्षमताको प्रशंसा हुनेछ। नोकरी गर्नेहरूलाई पदोन्नतिको अवसर मिल्न सक्छ। परिवारमा सुख–शान्तिको वातावरण रहनेछ।
तर जीवनसाथी र सन्तानले तपाईंबाट बढी अपेक्षा राख्न सक्छन्, त्यसैले उनीहरूको हेरचाहमा ध्यान दिनुहोस्। सहकर्मीसँग सम्बन्ध राम्रो राख्नुहोस्। ठूला व्यक्तिका कुरा मनमा नराख्नुहोस्। विरोधीहरूले हानि पुर्याउने प्रयास गर्न सक्छन्, त्यसैले सतर्क रहनुहोस्। महत्वपूर्ण काममा ढिलाइ हुन सक्छ। खानपानमा सावधानी अपनाउनुहोस्। सोमबार र शनिबार अलि कमजोर दिन हुन सक्छन्।
नोकरीपेशा व्यक्तिहरूले गोप्य शत्रुबाट सावधान रहनुपर्छ। व्यवसायीहरूले कागजी काम समयमै पूरा गर्नुहोस्, नत्र अनावश्यक समस्या आउन सक्छ। धनको कारोबार गर्दा सावधानी अपनाउनुहोस्। हप्ताको अन्त्यतिर अचानक ठूलो खर्च आउन सक्छ, जसले आर्थिक अवस्था केही कमजोर बनाउन सक्छ। ऋण लिनुपर्ने अवस्था पनि आउन सक्छ।
दाम्पत्य जीवन सुखद राख्न नियमित र खुला संवाद गर्नु आवश्यक छ। साना कुरालाई मनमा नराखी समयमै छलफल गर्नुहोस्। पारदर्शिता र आपसी सम्मानले सम्बन्ध बलियो बनाउँछ। जीवनसाथीको शारीरिक र मानसिक स्वास्थ्यको पनि ख्याल राख्नुहोस्। सँगै समय बिताउनु र भावना बुझ्नु सम्बन्ध सन्तुलित राख्न सहयोगी हुनेछ।
उपाय- प्रत्येक दिन भगवान सूर्यलाई जल अर्पण गरी सूर्याष्टक पाठ गर्नु शुभ हुनेछ।
कन्या राशि
यो हप्ता तपाईंको ध्यान करियर अघि बढाउनेतर्फ बढी रहनेछ । नयाँ उपकरण वा सामान खरिद गर्ने सम्भावना छ। परिवारसँग मांगलिक कार्यक्रममा सहभागी भई रमाइलो समय बिताउनुहुनेछ। रोकिएका काम पूरा गर्ने प्रयासमा सफलता मिल्नेछ।
नयाँ व्यापार सुरु गर्न पनि राम्रो समय मानिन्छ। आफन्तहरूसँग भेटघाट र समय बिताउने अवसर मिल्नेछ। दाम्पत्य जीवनमा रहेको असन्तुष्टि कम हुँदै जानेछ। समग्रमा हप्ता मिलाजुला रहनेछ। नोकरी गर्नेहरूका लागि समय अनुकूल छ, तर विवादबाट टाढा रहनुहोस् र लेनदेनमा सावधानी अपनाउनुहोस्।
बुधको प्रभावले तपाईंको तर्कशक्ति बलियो रहनेछ र बैठक वा छलफलमा प्रभावशाली रूपमा कुरा राख्न सक्नुहुनेछ। जागिर परिवर्तन सोचिरहनु भएको छ भने राम्रो अवसर आउन सक्छ।
प्रेम जीवनमा स्थिरता आउनेछ र पार्टनरप्रति जिम्मेवारीको भावना बढ्नेछ। साना–साना कुरामा विवाद नगरी बेवास्ता गर्दा सम्बन्ध अझ राम्रो हुनेछ। मानसिक तनावका कारण निद्रामा समस्या आउन सक्छ। ध्यान/योग गर्नुहोस् र पर्याप्त आराम लिनुहोस्, यसले कार्यक्षमता कायम राख्न मद्दत गर्छ।
विवाद र झगडाबाट टाढा रहनुहोस्। कानुनी वा कागजी काममा विशेष ध्यान दिनुहोस्। हप्ताको सुरुमा केही समस्या आउन सक्छ, घुँडामा मोच वा दुखाइ हुने सम्भावना छ। नकारात्मक स्वभाव भएका मानिसबाट दूरी राख्नु राम्रो हुन्छ। विपरीत लिङ्गप्रति अत्यधिक आकर्षणले समस्या ल्याउन सक्छ। भविष्यका योजनाबारे अलि अन्योल हुन सक्छ, त्यसैले खर्चमा कटौती गर्नुहोस्।
उपाय- ओम ग: गणपताय नम मन्त्र दैनिक १०८ जप गर्नुहोस्।
तुला राशि
यो हप्ता शुभ रहनेछ । हप्ताको सुरुवातदेखि नै सोचेका काम समयमै पूरा हुने देखिन्छ। नोकरी गर्नेहरूले योजनाबद्ध रूपमा काम गरेमा विशेष लाभ पाउनेछन्। उच्च अधिकारीको साथ र कृपा प्राप्त हुनेछ र सहकर्मीहरूको पनि राम्रो सहयोग मिल्नेछ। आर्थिक दृष्टिले हप्ताको पहिलो भाग राम्रो रहनेछ। अड्किएको पैसा अचानक फिर्ता आउन सक्छ। घर, जग्गा वा सवारी साधन किनबेचका लागि समय अनुकूल छ। विद्यार्थीहरूको पढाइप्रति रुचि बढ्नेछ।
हप्ताको अन्त्यतिर छोटो वा लामो दूरीको यात्रा हुन सक्छ, जुन लाभदायक रहनेछ। प्रभावशाली व्यक्तिहरूसँग सम्बन्ध बन्ने योग छ । अविवाहित व्यक्तिहरूको जीवनमा मनपर्ने व्यक्ति प्रवेश गर्न सक्छ। पहिले देखिको प्रेम सम्बन्ध अझ गहिरो हुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ र आमाबुबाको मायाआशीर्वाद प्राप्त हुनेछ।
नयाँ सम्बन्धबाट फाइदा मिल्नेछ। व्यवसायमा ठूला लगानीकर्ताको सहयोग मिल्न सक्छ। तपाईंको बुद्धि र समझदारीको प्रशंसा हुनेछ। प्रतिस्पर्धात्मक परीक्षामा राम्रो प्रदर्शन हुनेछ। पुराना आर्थिक घाटा पूरा गर्न सक्नुहुनेछ। पति–पत्नीबीच मिठास बढ्नेछ।
तर विदेश यात्रा अत्यावश्यक नभए केही समय रोकिनु राम्रो हुन्छ। विद्यार्थीहरूले मोबाइलमा धेरै समय नदिनुहोस्, नत्र दिनचर्या बिग्रन सक्छ। कसैमाथि अन्धविश्वास नगर्नुहोस्। जेष्ठ महिलासँग विवाद नगर्नु राम्रो हुन्छ। शरीरको सफाइमा ध्यान दिनुहोस्। राजनीतिक क्षेत्रका व्यक्तिहरूलाई बुधबार सावधानी अपनाउनुपर्ने देखिन्छ।
उपाय- दैनिक श्रीसूक्त पाठ गर्नु शुभ हुनेछ।
वृश्चिक राशि
यो हप्ता जीवनका धेरै चिन्ता हटाएर मनचाहेको सफलता दिलाउने खालको रहनेछ। करियर र व्यापारमा अनुकूल अवस्था रहनेछ। तपाईंको मिठो बोली र राम्रो व्यवहारले अरूलाई प्रभावित गर्नेछ। लामो समयदेखि रोजगारी वा कामको विषयमा समस्या थियो भने प्रभावशाली व्यक्तिको सहयोगले समाधान मिल्न सक्छ।
अदालत वा कानुनी मामिलामा निर्णय तपाईंको पक्षमा आउन सक्छ। व्यवसाय गर्नेहरूका लागि ठूलो सम्झौता हुन सक्छ, जसले बजारमा प्रतिष्ठा बढाउनेछ। हप्ताको अन्त्यतिर विदेशसँग सम्बन्धित काम गर्नेहरूलाई शुभ समाचार मिल्न सक्छ। लामो दूरीको यात्रा हुने योग छ, जुन सुखद र नयाँ सम्बन्ध विस्तार गर्ने खालको हुनेछ।
सम्बन्ध यो हप्ता शुभ रहनेछ। परिवारसँग मिठास बढ्नेछ र रमाइलो समय बिताउने अवसर मिल्नेछ। प्रेम सम्बन्ध अझ गहिरो हुनेछ। प्रेमी/प्रेमिकासँग सम्बन्ध बलियो बनाउने प्रयास गर्नुहुनेछ। स्वास्थ्य सामान्य रहनेछ। व्यक्तित्वमा आकर्षण बढ्नेछ र समाजमा मान–सम्मान बढ्नेछ। घरका सदस्यबीच आपसी समझदारी बढ्नेछ। घरका लागि आवश्यक सामान खरिद गर्न सक्नुहुन्छ। रोकिएको काम फेरि सुरु गरेर सफलता पाउन सक्नुहुनेछ। उच्च शिक्षामा राम्रो प्रदर्शन हुनेछ। प्रेमीजनसँग रोमान्टिक समय बिताउने अवसर मिल्न सक्छ।
तर प्रेम सम्बन्धमा सानो गलतफहमी हुन सक्छ, त्यसैले स्पष्ट संवाद गर्नुहोस्। पैसाको विषयमा ऋण दिनु–लिनु गर्दा सावधानी अपनाउनुहोस्। महिलाहरूलाई थाइराइड जस्ता स्वास्थ्य समस्या देखिन सक्छ, त्यसैले स्वास्थ्य जाँच गराउनु राम्रो हुन्छ। दाजु–दिदीप्रति रिस उठ्न सक्छ, धैर्य राख्नुहोस्। नकारात्मक सोचबाट टाढा रहनुहोस्। अत्यधिक दौडधुपले थकान बढ्न सक्छ, पर्याप्त आराम र निद्रा लिनुहोस्। बिहीबार र शुक्रबार कार्यक्षेत्रमा साझेदारसँग विवाद हुन सक्छ, त्यसैले संयम अपनाउनुहोस्।
उपाय- प्रत्येक दिन दुर्गा चालीसा पाठ गर्नु शुभ हुनेछ।
धनु राशि
यो हप्ता धनु राशिका लागि सुरुवाततिर निकै व्यस्त रहने देखिन्छ । सानासाना काम पूरा गर्न पनि बढी मेहनत गर्नुपर्ने हुन्छ, त्यसैले अरूबाट धेरै अपेक्षा नगरी आफ्नै काम समयमै सक्ने प्रयास गर्नुहोस्। भावनामा बगेर वा रिसमा आएर ठूलो निर्णय नलिनु राम्रो हुन्छ।
हप्ताको सुरुवातमा घुमफिर वा पिकनिक जस्तो यात्रामा जान सक्नुहुन्छ। दाम्पत्य जीवनमा खुशी रहनेछ र जीवनसाथीप्रति प्रेम र सम्मान बढ्नेछ। साथीभाइ र आफन्तको सहयोगले मन प्रसन्न रहनेछ। व्यापार गर्नेहरूको आम्दानी बढ्न सक्छ र साझेदारसँग नाफा बाँडफाँटबारे सहमति हुन सक्छ। घर वा अफिस निर्माण/मर्मतको योजना बनाउन सक्नुहुन्छ। शुक्रबार कार्यक्षेत्रमा विशेष सफलता मिल्ने सम्भावना छ। नयाँ कुरा सिक्ने उत्साह बढ्नेछ।
हप्ताको पछिल्लो भागमा परिस्थिति सहज हुँदै जानेछ। व्यवसायीहरूलाई मनचाहेको लाभ मिल्नेछ। व्यापारसम्बन्धी यात्रा लाभदायक हुनेछ। विभिन्न स्रोतबाट आम्दानी आउनेछ र बचत गर्न सक्नुहुनेछ।
हप्ताको सुरुवातमा प्रेमी वा जीवनसाथीसँग सानो मनमुटाव हुन सक्छ। गलतफहमीलाई शान्त रूपमा कुरा गरेर समाधान गर्नुहोस्, यसले सम्बन्ध फेरि मजबुत बनाउनेछ।
कर्मचारी वा सहकर्मीहरूको व्यवहारमा ध्यान दिनुहोस्, नरम व्यवहार गर्नुहोस् तर धेरै छुट नदिनुहोस्। विवाहसम्बन्धी निर्णय हतारमा नगर्नुहोस्। झुटो नबोल्नुहोस्, नत्र समस्या आउन सक्छ। कागजी काम सावधानीपूर्वक गर्नुहोस्। सबै ठीक हुँदा पनि मनमा अनावश्यक डर लाग्न सक्छ, आत्मविश्वास कायम राख्नुहोस्।
उपाय- विष्णु सहस्रनाम पाठ गर्नुहोस् र दुर्गा मन्दिरमा ध्वजा चढाउनु शुभ हुनेछ।
मकर राशि
यो हप्ता आफ्नो काम ठिक तरिकाले र सोच–विचार गरेर गर्नु पर्नेछ। घर वा बाहिरका मानिससँग राम्रो तालमेल राख्नुहोस्, नत्र अनावश्यक समस्या आउन सक्छ। अहंकार नगरी आफैं अघि बढेर अरूसँग सम्बन्ध मजबुत पार्न प्रयास गर्नुहोस्। आफ्नो इच्छा र आवश्यकतालाई नियन्त्रणमा राख्नु जरूरी छ।
धार्मिक वा सामाजिक काम गर्दा सावधानी अपनाउनुहोस्, जस्तै हवन गर्दा हात नपर्ला भनेर ध्यान राख्नुहोस्। पारिवारिक जिम्मेवारीबाट भाग्नुभन्दा आफ्ना क्षमता अनुसार जिम्मेवारी पुरा गर्नुहोस्। दाजुभाइ/दिदीबहिनीसँग सकारात्मक व्यवहार राख्नुहोस्।
स्वास्थ्यमा विशेष ध्यान दिनुहोस्। पेटसम्बन्धी समस्या आउन सक्छ, त्यसैले खानपान र दिनचर्या मिलाउनुहोस्। मद्यपान र तारेको भुटेको खानेकुरा कम गर्नुहोस् र पर्याप्त पानी पिउनुहोस्। सानो लापरवाहीले ठूलो असर पार्न सक्छ, समयमै चिकित्सकको सल्लाह लिनुहोस्।
सन्तानलाई करियरमा नयाँ अवसर मिल्ने योग छ। आफ्नो उपलब्धिमा गर्व महसुस गर्नुहुनेछ। धार्मिक कार्य र चर्चामा ध्यान लाग्नेछ, जसले आत्मिक सन्तोष दिनेछ। अरूको समस्या समाधान गर्दा सफलता मिल्नेछ। परिवारको जिम्मेवारी बढ्नेछ।
सप्ताहको सुरुमा नयाँ कारोबारमा हतार नगर्नुहोस्। विवाहेतर सम्बन्धबाट टाढा रहनुहोस्। कार्यक्षेत्रमा दबाब बढ्न सक्छ र चापलूस मानिसले नोक्सान पुर्याउन सक्छन्, त्यसैले उच्च पदस्थले कर्मचारीमा बढी भरोसा नगर्नु राम्रो हुन्छ। आत्मविश्वास अलिक कम महसुस हुन सक्छ। दाजुभाइको स्वास्थ्यमा सानो समस्या आउन सक्छ। हप्ताको अन्त्यतिर प्रेम सम्बन्धमा भावनात्मक चुनौती आउन सक्छ।
उपाय- स्नानपछि घिउको दियो बालेर सिद्ध कुन्जिका स्तोत्र पाठ गर्नुहोस्।
कुम्भ राशि
यो हप्ता मिश्रित फलदायी रहनेछ । हप्ताको सुरुवातमा अनावश्यक काममा समय गुम्न सक्छ। अरूको सहयोग समयमै नपाए मन खिन्न हुन सक्छ। कार्यक्षेत्रमा आफ्नो छवि सुधार्ने चिन्ता लाग्नेछ। व्यवसाय गर्नेहरूले प्रतिस्पर्धीहरूसँग कडा प्रतिस्पर्धा सामना गर्नु पर्ला।
यो हप्ता आफ्नो क्षमता भन्दा बढी काम नगरी शरीर र स्वास्थ्यको विशेष ख्याल राख्नुहोस्। पुरानो रोग वा मौसमसँग सम्बन्धित स्वास्थ्य समस्या नबिर्सनुहोस्, नत्र मानसिक र शारीरिक पीडा बढ्न सक्छ। हप्ताको अन्त्यतिर अचानक ठूलो खर्च आउन सक्छ, जसका लागि उधारो लिनुपर्ने सम्भावना छ।
सम्बन्ध–नातामा सावधानी अपनाउनुहोस्। त्यस्ता वाचा नगर्नुहोस् जसलाई पूरा गर्न गाह्रो हुन्छ। तेस्रो व्यक्तिको अत्यधिक दखलले प्रेम सम्बन्ध बिग्रन सक्छ। आफ्ना सम्बन्धमा कुरा निजी राख्नुहोस् र आपसी संवाद मजबुत बनाउनुहोस्। धैर्य र समझदारीले परिस्थितिलाई तपाईंको पक्षमा ल्याउनेछ।
हप्ताको शुरुवात उत्साहजनक रहनेछ। आफ्नो जीवनशैलीमा ध्यान दिनुहोस्। कानुनी मामिलामा विजय प्राप्त हुन सक्छ। आर्थिक स्थिति राम्रो रहनेछ। नयाँ परियोजना सुरु गर्ने अवसर मिल्नेछ। साना दाजुभाइ–दिदीबहिनीको उपलब्धिमा गर्व हुनेछ। परिवारमा धार्मिक कार्यक्रमको वातावरण रहनेछ।
दाम्पत्य सम्बन्धमा सानो असन्तुलन देखिन सक्छ। अडिग व्यवहारले अरूलाई रिस दिलाउन सक्छ। वजन बढी भएकाहरूले अत्यधिक तैलीय खाना नखानुहोस्। पेटमा ग्यास वा एसिडिटी हुन सक्छ। अत्यधिक भरोसा गरेका मानिसले धोका दिन सक्छन्। नयाँ मानिसमाथि अन्धविश्वास नगर्नुहोस्। विदेश यात्रा गर्दा समस्या आउन सक्छ।
उपाय- मातालक्ष्मीलाई गुलाबको माला, चुन्नरी र इत्र अर्पण गर्नु शुभ हुनेछ।
मीन राशि
यो हप्ता ठूलो कम्पनीमा काम पाउने अवसर मिल्न सक्छ । परिवारसँग राम्रो स्थानमा डिनर वा घुमफिरको अवसर आउनेछ । व्यापारमा नयाँ प्रयोग गर्ने मौका मिल्नेछ। दाम्पत्य जीवन अत्यन्त सुखद् रहनेछ । तपाईंको उदार स्वभावको सबैले प्रशंसा गर्नेछन्। विचार सकारात्मक राख्नुहोस् । सम्बन्धीहरूले केही व्यक्तिगत मामिलामा राय माग्न सक्छन्। सजग रहँदा तपाईंका काम सहज रूपमा पूरा हुनेछन्।
यो हप्ता जीवनमा केही ठूलो परिवर्तन आउने सम्भावना छ। नौकरीपेशा जातकहरूलाई हप्ताको सुरुवातमा कामको अतिरिक्त बोझ वा कार्यक्षेत्रमा परिवर्तन हुन सक्छ। अनचाहिँ ठाउँमा स्थानान्तरण वा जिम्मेवारीले मन खिन्न हुन सक्छ। कार्यक्षेत्रका नियम र नीति पालना गर्नु महत्वपूर्ण छ, नत्र उच्च अधिकारीको रिस लाग्न सक्छ।
व्यक्तिगत जीवनमा पनि छोटो बाटो नछान्नुहोस्। विद्यार्थी वर्गले अध्ययनमा ध्यान दिन नपाई अन्य गतिविधिमा समय खर्च गर्न सक्छ। हप्ताको अन्त्यतिर शत्रुपक्षको चालबाट सचेत रहनुहोस्।
प्रेम सम्बन्ध बलियो बनाउन एकअर्काको भावना सम्मान गर्नुहोस्। जीवनसाथीसँग मतभेद हुन सक्छ। सन्तानको प्रगति बारे चिन्ता रहन सक्छ। धैर्य र समझदारी अपनाएर परिवारसँग खुला संवाद गर्नु लाभदायक हुनेछ। सकारात्मक दृष्टिकोणले समस्या समाधान हुनेछ र घरको वातावरण सुखद रहनेछ।
हप्ताको सुरुवातमा छिमेकीसँग सानो समस्या हुन सक्छ। आर्थिक पक्ष हप्ताभरि बढी शुभ छैन। भावनामा र रिसमा नियन्त्रण राख्नुहोस्। गल्तीको लागि ग्लानि महसुस हुन सक्छ। विरोधीहरूले अफवाह फैलााउन सक्छन्। शेयर मार्केटमा लगानी गर्दा सावधानी अपनाउनुहोस्। हतारमा महत्वपूर्ण कुरा हराउन सक्छ। कमजोरीको विषयमा अरूसँग धेरै कुरा नगर्नुहोस्।
उपाय- प्रत्येक दिन सूर्यलाई रातो चन्दन मिलाएको जल अर्घ्य दिनु लाभदायक हुनेछ।





























प्रतिक्रिया