विश्व प्रसिद्ध याड्ले लण्डनले नेपाली बजारमा आफ्नो विभिन्न उत्कृष्ट उत्पादनहरु दिँदै आएको छ ।

आफ्ना ग्राहकहरुको अझ नजिक जानको लागि भ्यालेन्टाइन्स डेको अवसर पारेर याड्ले लण्डनले यही फेबु्रअरी महिनादेखि क्रीएटिङ् मेमोरिज् नामक भ्यालेन्टाइन्स क्याम्पियन संचालन गरेको थियो, जसमा देशकै उत्कृष्ट अभिनेत्री रिचा शर्माको उपस्थिति रहेको थियो । "/>

याड्लेको डिजिटल क्याम्पियन, क्रीएटिङ् मेमोरिज् सम्पन्न

याड्लेको डिजिटल क्याम्पियन, क्रीएटिङ् मेमोरिज् सम्पन्न

केन्द्रबिन्दु
0
Shares

विश्व प्रसिद्ध याड्ले लण्डनले नेपाली बजारमा आफ्नो विभिन्न उत्कृष्ट उत्पादनहरु दिँदै आएको छ ।

आफ्ना ग्राहकहरुको अझ नजिक जानको लागि भ्यालेन्टाइन्स डेको अवसर पारेर याड्ले लण्डनले यही फेबु्रअरी महिनादेखि क्रीएटिङ् मेमोरिज् नामक भ्यालेन्टाइन्स क्याम्पियन संचालन गरेको थियो, जसमा देशकै उत्कृष्ट अभिनेत्री रिचा शर्माको उपस्थिति रहेको थियो ।

याड्लेले संचालन गरेको यो डिजिटल क्याम्पियन अन्तर्गत याड्लेले आफ्नो ग्राहकहरुलाई आफ्नो मनको कुरा व्यक्त गर्न विभिन्न मौकाहरु प्रदान गरेको थियो ।

जस अन्तर्गत ग्राहकले आफ्नो सबैभन्दा मनपर्ने लब सङ्ग, आफ्नो आइडियल डेट आइडिया र याड्लेको मनमोहक बास्नाले याद आउने पलको बारेमा कमेन्ट सेक्सनमा लेख्नुपर्ने थियो । यो क्याम्पियनले दिन प्रति दिन बढीभन्दा बढी मानिसहरुको सहभागिता पाउन सफल भएको थियो ।

भ्यालेन्टाइन्स डे अर्थात् फेबु्रअरी १४ का दिन ती उत्साही सहभागीहरु मध्ये एक जना भाग्यशाली विजेतालाई सिभिल मलमा भएको एक रोचक समारोहमा याड्ले लण्डनका इम्पोटर प्रकाश गोयङ्काको उपस्थितिमा प्रसिद्ध अभिनेत्री रिचा शर्माको हातबाट याड्लेको विशेष गिफ्ट ह्यामपर प्रदान गरिएको थियो ।

Logo