दाङ ।
आइएमई ग्रुपका अध्यक्ष एवम् नेपालउद्योग वाणिज्य महासंघका उपाध्य क्षचन्द्रप्रसाद ढकालले मुलुक संघीय संरचनामा प्रवेश गरीसकेको र सबै प्रदेशको समानुपातीक आर्थिक विकास आवश्यक रहेकोले स्वदेशी विदेशीलगानी भित्राउन प्रदेश प्रदेशकोबीचमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने बताए ।
“उद्योग ,व्यापार, कृषिएवमपर्यटनको विकास परनिर्भरमुखी अर्थतन्त्रको निकास”भन्ने मुल नाराका साथ दाङ्गउ द्योग वाणिज्य संघको आयोजनामा घोराहीमा आयोजित चौथो दाङ्ग व्यापारिक तथा पर्यटन महोत्सवलाई विशिष्ट अतिथीको रुपमा सम्बोधन गर्दै ढकालले उक्त कुरा उल्लेख गरेका हुन् ।
उपाध्यक्ष ढकालले छिमेकी मित्रराष्ट्र भारतको प्रदेश सरकारले लगानी भित्राउन विभिन्न विदेशी लगानी र निजी क्षेत्रलाई सुविधादिने गरेको स्मरण गर्दै त्यस्तै सबै प्रदेशहरुमा समुचित लगानी भित्राउन त्यस्तै प्रतिस्पर्धा नेपालमा पनि हुनु पर्ने बताए ।
एशियाकै दोस्रो ठूलो उपत्यका दाङ्गमा कृषि पर्यटन र खानी उद्योगको क्षेत्रमा अपार सम्भावना रहेको उल्लेख गर्दै यी सम्भावनाहरुलाई दिगो आर्थिक विकासको माध्यम बनाउने कार्यमा स्थानीय उद्योग वाणिज्य संघहरु निजी क्षेत्र र लगानी गर्न चाहने इच्छुक सबैसंग मिलेर काम गर्न नेपाल उद्योग वाणिज्य संघ सदैव तयार रहेको बताए ।
उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा पूर्व उप्रप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महरा, दाङ्गबाट निर्वाचित जन प्रतिनिधिहरु र नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य भरतराज आचार्य एंवम ध्रुवराज श्रेष्ठ (भारी) लगायत विभिन्न व्यक्तित्वहरुले महोत्सव सफलताको शुभकामना ब्यक्त गरे ।





























प्रतिक्रिया