रास्वपाले चुनाव भाँड्न खोजिरहेको छ -अध्यक्ष ओली

रास्वपाले चुनाव भाँड्न खोजिरहेको छ -अध्यक्ष ओली

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनाव भाँड्ने र बिथोल्ने प्रयास गरिरहेको आरोप लगाएका छन्।

शनिबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले भने, ‘आफ्नो पक्षमा नतिजा आउँछ भने चुनाव हुन दिने, तर आफ्नो पक्षमा नतिजा आउँदैन भने चुनावै हुन नदिने खालको प्रवृत्ति उहाँहरूमा देखियो ।’

निर्वाचन प्रक्रियामा कुनै पनि प्रकारको जबर्जस्ती स्वीकार्य नहुने उनको भनाइ छ ।

Logo