काठमाडौं
देशद्रोहको मुद्धा लागेका सिके राउतलाई विशेष अदालतले सफाई दिएको छ । उनले पटक पटक देश टुक्राउने अभिव्यक्ति दिँदै आईरहेका थिए । "/>

देशद्रोहको मुद्धा लागेका सिके राउतलाई विशेष अदालतको सफाई !

देशद्रोहको मुद्धा लागेका सिके राउतलाई विशेष अदालतको सफाई !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
देशद्रोहको मुद्धा लागेका सिके राउतलाई विशेष अदालतले सफाई दिएको छ । उनले पटक पटक देश टुक्राउने अभिव्यक्ति दिँदै आईरहेका थिए । देश टुक्राउने अभिव्यक्ति दिएपनि उनलाई विशेष अदालतमा देशद्रोहको मुद्धा दायर गरिएको थियो ।

विशेष अदालतले देशद्रोहको यथेस्ठ प्रमाण नपुगेको भन्दै सिके रावतलाई सफाई दिएको हो । अदालतले उनलाई सफाई दिएसँगै उनको निवासमा उनका सर्मथकहरु भेला भएर उनको पक्षमा जयजयकार गरिरहेका छन् । यसअघि सोही मुद्दामा प्रमाण अभाव र इन्कारी बयान दिएर छुटेका राउत विरूद्ध गत माघमा प्रहरीले स–प्रमाण मुद्दा दर्ता गरेको थियो । विशेष अदालतका न्यायाधीश रत्न बहादुर बागचन्द, चण्डीराज ढकाल र प्रमोद वैद्य श्रेष्ठको इजलासले सिके राउत विरुद्धका चारथान मुद्दामा सफाई दिने फैसला गरेका हुन् । राउत सहित १७ जना विरुद्ध एकथान र अन्य तीनमा राउत सहित चारजनालाई प्रतिवादी बनाएर मुद्दा लगिएको थियो । अदालतले चारै थान मुद्दामा राउत सहित सबै प्रतिवादीलाई सफाई दिएको हो।

जिल्ला प्रहरी कार्यालय सिरहाले राज्य विरुद्धको अपराध सम्बन्धी अभियोगमा राउतलाई राष्ट्रिय अखण्डता विरोधी भाषण गरेको १५ दिनपछि पक्राउ गरेर कारवाही थालेको थियो । राउतले उपस्थितमात्र हुने जनाउ दिएको गत माघ ५ को कार्यक्रममा स्वराज मधेश भन्दै देशबाट मधेश अलग गर्ने सार्वजनिक अभिब्यक्ति दिएका थिए । प्रहरीले राउतलाई जनकपुरस्थित डेराबाट पक्राउ गरेर कारवाही थालिएको थियो।
आर्थिक दैनिकबाट

Skip This
Skip This
Logo