काठमाडौं
भारतले प्याजको निर्यातदर घटाउन लागू गरेको न्यूनतम निर्यात मूल्य प्रणाली (एमईपी) हटाएको छ । भारतीय किसानले उत्पादन गरेको नयाँ प्याज गत पुस १६ पछि बजारमा आउन थालेपछि यसै साता एमईपी प्रणाली हटाइएको हो । भारतले एमईपी हटाए लगत्तै नेपाली बजारमा प्याजको भाउ घटेको छ । एक साता अघि सम्म प्रतिकिलो थोक मूल्य सय रुपैयाँ रहेको प्याज हाल ४८ रुपैयाँमा झरेको छ । नेपाली प्याजको बजार भारतीय उत्पादन र नीतिले प्रभाव पार्छ । भारतको विदेश व्यापार महानिर्देशनालयले आन्तरिक बजारमा नयाँ प्याज उत्पादन भित्रिएको र बजार मूल्य पनि कम भएको अवस्थामा एमईपी प्रणाली खारेज गरेको हो ।
निर्यातकर्तालाई सहज हुने गरी उक्त प्रणाली खारेज गरिएको हो । यो प्रणाली खारेज पश्चात भारतीय निर्यातकर्ता र नेपालका आयातकर्तालाई सुलभ मूल्यमा भारतबाट प्याज आयात गर्न सहज भएको छ । भारतमा प्याजको मूल्य घटेर अहिले २० देखि २८ भारतीय रुपैयाँ कायम भएको छ ।
भारतमा उत्पादन भएको प्याज केही महिना अघि बाढीका कारण खेतमै नष्ट भएको र ठूलो परिमाणको प्याज भण्डारण गृहमा पानीले भिजेर नष्ट भएको थियो । माग अनुसार प्याज नहुँदा भारतमै प्याजको ठूलो अभाव भएपछि सरकारले निर्यातमा अंकुश लगाउन न्यूनतम निर्यात मूल्य तोकेको थियो । भारतमै स्थानीय प्याज अपुग भएको अवस्थामा त्यहाँका थोक व्यापारीले नेपाल सहित बंंगलादेश र पाकिस्तानमा गर्दै आएको निर्यातदर घटाउन एमईपी प्रणाली कार्यान्वयनमा ल्याएको हो ।
अन्नपूर्णबाट





























प्रतिक्रिया