बैतडीमा मदिराजन्य पदार्थ बिक्री–वितरणमा कडाइ

बैतडीमा मदिराजन्य पदार्थ बिक्री–वितरणमा कडाइ

केन्द्रबिन्दु
45
Shares

दशरथचन्द। आउँदो प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बैतडीमा मदिराजन्य पदार्थको बिक्री, वितरण र ओसारपसारमा कडाइ गरिएको छ। निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन यस्तो निर्णय गरिएको हो।

जिल्ला प्रशासन कार्यालयले फागुन ९ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म साँझ ७ः०० बजेपछि मदिरा बिक्री वितरणमा रोक लगाएको जनाएको छ। व्यवसायीहरूसँग छलफल गरी बिक्री–वितरण र उपभोग नियमन गर्ने निर्णय गरिएको हो।

प्रशासकीय अधिकृत भोजलाल थारूका अनुसार मौन अवधिमा मदिराजन्य वस्तुको बिक्री–वितरण पूर्ण रूपमा निषेध हुनेछ भने फागुन ११ देखि २४ गतेसम्म मदिरा दुवानी तथा ओसारपसार पनि रोक्ने निर्णय गरिएको छ। उल्लङ्घन भएमा प्रचलित कानुनअनुसार कारबाही हुने जनाइएको छ।

बैतडीमा निर्वाचनका लागि ११ जना उम्मेदवार चुनावी मैदानमा छन्।

Logo