बागमती। नेपाली कम्युनिष्ट पार्टीबाट मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार विजय गौतमले ११ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्।
हेटौँडामा आयोजित पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन्।
उनले पारदर्शिता र सुशासन प्रवद्र्धन गर्दै मुलुकलाई समृद्धिको यात्रामा लैजाने प्राथमिकता रहेको बताएका छन्। जनमुखी नीति तथा कानुन निर्माणलाई प्राथमिकता दिने उल्लेख गरेका छन्।
भौतिक पूर्वाधारतर्फ ग्रेटर हेटौँडा चक्रपथ निर्माणलाई प्राथमिकतामा राख्ने, हेटौँडा उपमहानगरपालिकालाई महानगरपालिका बनाउने प्रयत्न गर्ने, कर्रा खोला करिडोर, राप्ती खोला करिडोर तथा बागमती नदी करिडोर निर्माणका लागि पहल गर्ने उल्लेख गरेका छन्। हेटौँडा–गढी–बकैया–बागमती जोड्ने मुख्य तथा सहायक सडक स्तरोन्नतिका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
ग्रामीण बस्तीमा बाह्रै महिना चल्ने सडक निर्माणका लागि पहल गर्ने, प्रत्येक घरमा स्वच्छ खानेपानीको पहुँच विस्तार गर्ने, ग्रामीण क्षेत्रमा शतप्रतिशत विद्युत् पहुँच पु¥याउने, सबै वडामा इन्टरनेट तथा डिजिटल सेवा विस्तार गर्ने, एकीकृत नमुना बस्ती विकास गर्ने उल्लेख गरेका छन्। राजमार्ग ऐन अन्तर्गत हेटौँडा नगर विस्तारका क्रममा प्रभावित पक्षलाई मुआब्जा र क्षतिपूर्तिको व्यवस्था गर्न पहल गर्ने बताएका छन्।
राईगाउँ क्यान्टिन मोटरबाटो, निजगढ–दोभान–फापरबारी–ललितपुर हुँदै काठमाडौँ जोड्ने बाटो, शहीद रुद्र मार्ग–कान्तिलोकपथ जोड्ने मोटरबाटो, ठिंगन–मन्थली–बेतिनी–भोर्लेनी हुँदै जनमुक्ति मार्ग जोड्ने बाटो तथा टोलदेखि वडा कार्यालय र वडा कार्यालयदेखि पालिका केन्द्र जोड्ने सडकलाई प्राथमिकता दिने उल्लेख गरेका छन्।
भ्रष्टाचारमुक्त, पारदर्शी र जवाफदेही प्रशासनका लागि पहल गर्ने, डिजिटल सेवा (ई–सेवा) विस्तार गर्ने, जनप्रतिनिधि–जनता प्रत्यक्ष संवाद कार्यक्रम सञ्चालन गर्ने बताएका छन्।
आधुनिक कृषि प्रविधि र सिँचाइ सुविधा विस्तार गरी उत्पादन वृद्धि गर्ने, गढी, बकैया, बागमती र हेटौँडाका वडामा व्यावसायिक कृषि जोन÷पकेट क्षेत्र विकासका लागि समन्वय गर्ने, बागमती, कर्रा र राप्ती खोलाको उकास जमिनमा उत्पादन बढाउने उल्लेख गरेका छन्। पशुपालन तथा दुग्ध उत्पादनमा आत्मनिर्भरता र बजार व्यवस्थापनका लागि पहल गर्ने, स्थानीय उत्पादन र बजारीकरणमा प्रोत्साहन गर्ने बताएका छन्।
हेटौँडा औद्योगिक क्षेत्र विस्तार र नयाँ उद्योग स्थापना, मयूरधाप औद्योगिक क्षेत्र सञ्चालन, साना तथा घरेलु उद्योग प्रवद्र्धन, युवाका लागि सहुलियत ऋण तथा स्टार्टअप सहयोगमार्फत उद्यमशीलता विकास गर्ने उल्लेख गरेका छन्।
हेटौँडा, मकवानपुरगढी, बकैया र बागमती क्षेत्रका प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाको प्रवद्र्धन गर्ने, मकवानपुर गढी दरबार क्षेत्र संरक्षण तथा संवद्र्धन गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने, होमस्टे र आन्तरिक पर्यटनमार्फत स्थानीय रोजगारी सिर्जना गर्ने प्रतिबद्धता समेटिएको छ।































प्रतिक्रिया