काठमाडौं
एसइई परिक्षाको तयारी गर्दै आएकी १७ वर्षीय सिचुडोमा लामाको हत्या आरोपमा प्रधानाध्यापक धनलाल रोकायालाई प्रहरीले पक्राउ गरेको छ । उनी हिजो बिहान हुम्ला जाने क्रममा सुर्खेतको विमान स्थलबाट पक्राउ परेका हुन् । हुम्ला महावौद्ध विद्यालयमा एसईइको तयारीका लागि ट्युसन पढन विद्यालयमा बस्दै आएकी नाम्खा गाँऊपालिका ५ तुम्कोटकी १७ वर्षीय सिचुडोमा लामाको रहस्य मृत्यु भएको भन्दै उनका परिवारले छानविनको मागका लागि जिल्ला प्रहरी कार्यालय हुम्लामा जाहेरी दर्ता गराएका थिए ।
माघ ७ मा विद्यालयमा अचानक बेहोस भएकी लामालाई उपचारका लागि भन्दै पोखराको मणिपाल अस्पताल पु¥याइएकी छात्राको सोही दिन मृत्यु भएको परिवार श्रोतले जनाएको छ । त्यसलाई अप्राकृतिक भन्दै मृतकका परिवारले प्राधानध्यापक धनलाल रोकायालाई दोषी ठहर गरी जिल्ला प्रहरी कार्यालय हुम्लामा जाहेरी दर्ता गरेका थिए । जिल्ला प्रहरी कार्यालय हुम्लामा जाहेरी दर्ता भएको एक सातापछि प्रअ रोकायालाई सुर्खेत विमानस्थलबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता डिएसपी श्याम सिंह चौधरीले जानकारी दिएका छन् ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया