काठमाडौं
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथीको दर्ज्यानी चिह्न प्रदान गरेकी छिन् । "/>

राष्ट्रकवि घिमिरेले पाए मानार्थ जर्नेलको फूली

राष्ट्रकवि घिमिरेले पाए मानार्थ जर्नेलको फूली

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथीको दर्ज्यानी चिह्न प्रदान गरेकी छिन् । महाशिवरात्रि तथा सेना दिवसको अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा बुधबार आयोजित समारोहमा राष्ट्रकवि घिमिरेलाई सहायक रथीको दर्ज्यानी चिह्न प्रदान गरिएको हो । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् । साहित्यका माध्यमबाट राष्ट्रिय एकतालाई बलियो तुल्याउँदै राष्ट्रिय प्रेमले ओतप्रोत, राष्ट्रियता र स्वाभिमानलाई प्रवर्द्धन र उजिल्याउने काम गरे बापत उनलाई सरकारले माघ २६ गते सहायक रथीको मानार्थ उपाधि प्रदान गर्ने निर्णय गरेको थियो ।

समारोहमा राष्ट्रकवि घिमिरेले सैनिक ‘स्यालुट’ प्रस्तुत गर्दा उनको सम्मानमा सभाहल तालीले गुञ्जायमान भएको थियो । राष्ट्रकवि घिमिरेलाई उनको जन्मशताब्दी वर्षको उपलक्ष्यमा सरकारले सो उपाधि दिएको हो । वि.सं १९७६ असोज ७ गते लमजुङको बाहुनडाँडामा जन्मिएका राष्ट्रकवि घिमिरेलाई नेपाली साहित्यमा शिखरपुरुषका रुपमा लिइन्छ । उनका ‘नेपाली हामी रहुँला कहाँ नेपालै नरहे…’ लगायत राष्ट्रभक्तिले ओतप्रोत भएका सयौँका संख्यामा गीत र कविताहरु प्रकाशन/प्रशारण भएका छन् । सरकारले गैरसैनिक व्यक्तिलाई प्रदान गरेको यो सबैभन्दा माथिल्लो सैनिक उपाधि हो ।
नागरिकबाट

Skip This
Skip This
Logo