खेल गतिविधि सञ्चालन गर्न दिने सरकारको निर्णय

खेल गतिविधि सञ्चालन गर्न दिने सरकारको निर्णय

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सरकारले कोरोना भाइरसको महामारीपछि बन्द रहेको खेलकुद गतिविधि सञ्चालन गर्न अनुमति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले खेलकुद गतिविधि सञ्चालनका लागि अनुमति दिने निर्णय गरेको हो ।

स्वास्थ्य प्रोटोकल अपनाएर खेलकुद सुरू गर्न दिने निर्णय मन्त्रिपरिषदको बैठकले गरेको मन्त्रालय स्रोतले जनाएको छ । कोरोना भाइरसको संक्रमणको कारण सरकारले गत चैतबाट खेलकुद गतिविधिमा रोक लगाएको थियो ।

सरकारले चैतबाट गरेको लकडाउन गत साउनमा खुला गरेपनि खेलकुद गतिविधिलाई पूर्णरुपमा खुला गरेको थिएन । सरकारले अन्तर्राष्ट्रिय खेलका प्रशिक्षणको लागि भने अनुमति दिएको थियो । तर, राष्ट्रिय खेलकुद परिषद (राखेप) ले भदौ १ गते खेलकुद गतिविधि अनिश्चितकालका लागि बन्द गरेको थियो ।

त्यसयता राखेपले फुटबल टिमलाई प्रशिक्षणको अनुमति दिएको थियो । फुटबल टिम मैत्रीपूर्ण खेलका लागि बंगलादेशमा रहेका छन् । यस्तै मंसिर १० गतेबाट क्रिकेट टिमलाई प्रशिक्षणको अनुमति दिएको छ ।

Skip This
Skip This
Logo