काठमाडौँ
राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले नागरिकता भएका नेपाली नागरिकलाई बहुउपयोगी बायोमेट्रिक राष्ट्रिय परिचयपत्र बाँड्ने भएको छ । "/>

पूरा भयो राष्ट्रिय परिचयपत्रको तयारी

पूरा भयो राष्ट्रिय परिचयपत्रको तयारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले नागरिकता भएका नेपाली नागरिकलाई बहुउपयोगी बायोमेट्रिक राष्ट्रिय परिचयपत्र बाँड्ने भएको छ । परिचयपत्रलाई विश्वसनीय र सुरक्षित बनाउन आवश्यक तयारी भइरहेको केन्द्रले जनाएको छ । केन्द्रका निर्देशक तथा सूचना अधिकारी खुमाकान्त आचार्यका अनुसार सिंहदरबारमा रहेका ७ हजार कर्मचारीले सबैभन्दा पहिले परिचयपत्र पाउनेछन् । ‘सिंहदरबारमा सके पछि अन्यत्र पनि थाल्ने पहिलेको योजना हो तर अहिले पाँचथरमा पनि सिंहदरबारसँगै थाल्ने कि भन्नेबारे छलफल हुँदैछ ।’ –आचार्यले भने ।

आचार्यका अनुसार अहिले प्राविधिक पक्षबारे बुझेर प्रक्रियालाई सजिलो तथा प्रविधिलाई व्यवस्थित एवं विश्वासयोग्य बनाउने अन्तिम तयारी भइरहेको छ । सिंहदरबारमा रहेका निजामती कर्मचारी, सेना, प्रहरी लगायतको तथ्यांक लिन सजिलो भएकाले यसका साथै एकैपटक पाँचथरबाट शुरू गर्न सकिने आचार्यको भनार्इ छ। परिचयपत्रमा फोटो, सबै औंलाका छाप सहित सबै प्रकारको व्यक्तिगत विवरण समावेश गरिने केन्द्रले जनाएको छ । परिचयपत्र निर्माणको जिम्मेवारी फ्रान्सको सप्रान आइडेन्टिटी एन्ड सेक्युरिटी कम्पनीले लिएको छ । कम्पनीबाट नै केन्द्रका कर्मचारी र इन्जिनियरले आवश्यक प्राविधिक तालिम लिएका छन् ।

‘१० डिजिटको युनिक नम्बरको स्मार्ट कार्ड हुन्छ, जसलाई सफ्टवेयरमा राखेपछि चाहे जस्तो विवरण लिन सकिन्छ’, केन्द्रका इन्जिनियर राम थापाले भने – ‘नयाँ प्रविधि भित्र्याएर राम्रो बनाउने विषयमा पटक पटक अध्ययन भइरहेको छ ।’ अर्को चरणमा १५ र २५ जिल्लामा काम शुरू हुनेछ भने अन्तिम चरणमा बाँकी रहेका जिल्लामा तथ्यांक संकलन गरेपछि सकिनेछ । तथ्यांक संकलन गर्नु अघि स्थानीय तहसँग समन्वय गर्ने र समाजमा रहेका विविध पक्षसँग पनि छलफल गरिने थापाले बताए ।
नेपाल समाचारपत्रबाट

Logo