सुनसरीमा सीमा क्षेत्रका मतदानस्थल निरीक्षण,सुरक्षा रणनीति कडा

सुनसरीमा सीमा क्षेत्रका मतदानस्थल निरीक्षण,सुरक्षा रणनीति कडा

केन्द्रबिन्दु
15
Shares

इनरुवा। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सीमा क्षेत्रमा रहेका मतदानस्थलको अनुगमन गरिएको छ । निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले कोशी प्रदेश र सुनसरी जिल्लाका सुरक्षा निकायहरूले संयुक्त रूपमा बुधबार मतदानस्थल निरीक्षण सुरु गरेका छन्।

सुनसरीका प्रमुख जिल्ला अधिकरी वासुदेव घिमिरेका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिले जिल्लाका विभिन्न मतदान केन्द्रमा पुगेर सुरक्षा अवस्था स्थलगत रूपमा जाँच गरेका छन्।

नेपाल–भारत सीमासँग जोडिएका बर्जु, देवागन्ज, हरिनगर र कोसी गाउँपालिकाका मतदानस्थलको निरीक्षण गरिएको छ। मतदान केन्द्रको भौतिक संरचना, संवेदनशील क्षेत्रको पहिचान, भीड व्यवस्थापन योजना र आपत्कालीन तयारी जस्ता पक्षहरू अनुगमन गरिएको प्रजिअ घिमिरेले जानकारी दिए।

सुनसरीका सुरक्षा अधिकारीहरूले निर्वाचन अवधिभर उच्च सतर्कता अपनाइने र कुनै अवाञ्छित गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

जिल्ला प्रशासन कार्यालयसँग समन्वयमा सुरक्षा रणनीति कार्यान्वयन गरिएको बताउँदै प्रहरी उपरीक्षक केशबकुमार थेबेले मतदातालाई निश्चिन्त भएर मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन्।

Skip This
Skip This
Logo