काठमाडौँ
प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सपथ ग्रहण मिति सरेको छ । आज बुधबार प्रदेश प्रमुखको निवासमा सपथ हुने तय भएकोमा शुक्रबार १० बजे हुने गरेर सरेको हो । मुख्यमन्त्रीमा नियुक्त गुरुङकी कान्छी आमा रतनमाया गुरुङको ८२ वर्षको उमेरमा सोमबार राति असामयिक निधनका कारणले २ फागुनमा हुने सपथ ग्रहण स्थगित भएको हो । पृथ्वीसुब्बा गुरुङ एमाले संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएका थिए । २९ माघमा उनलाई प्रदेश प्रमुख बाबुराम कुँवरले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
राजधानीबाट































प्रतिक्रिया