काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सर्लाही क्षेत्र नं. १ की प्रतिनिधिसभा सदस्य उम्मेदवार नितिमा कार्कीविरुद्ध भ्रमपूर्ण प्रचार गरिएको पाइएको छ । आफू संलग्न नै नभएको घटनामा अनावश्यक रुपमा सामाजिक सञ्जाल तथा केही मिडियाहरुमा प्रचार भएपछि कार्कीले कानूनी उपचार खोज्ने बताएकी छिन् ।
निर्वाचनको मुखमा चरित्र हत्या गर्ने उद्देश्यले आफूविरुद्ध पूर्णतया झुटो र भ्रमपूर्ण प्रचार गरिएपछि नितिमा कार्कीले आफू कुनै पनि प्रकरणमा संलग्न नरहेको र आफ्नो राजनीतिक उचाई घटनाका लागि नियोजित षड्यन्त्र भइरहेको बताएकी हुन् ।
‘चुनाव नजिकिदै गर्दा मेरो राजनीतिक उचाइ घटाउने र आम मतदातालाई भ्रमित पार्ने कुत्सित उद्देश्यका साथ भएको षड्यन्त्रपूर्ण प्रचारको कडा शब्दमा भत्र्सना गर्दछु’ उम्मेदवार कार्कीले भनेकी छिन्, ‘तथ्यहीन र अप्रमाणित सामाग्रीहरुलाई सनसनीपूर्ण बनाउने कार्य रोक्न म अनुरोध गर्न चाहन्छु ।’
अझै यस्ता क्रम नरोकिए आफू साइबर अपराध र मानहानीको प्रचलित कानून अनुसार कारबाही अघि बढाउन बाध्य हुने उनले चेतावनी समेत दिएकी छिन् । झुठको आयु लामो समय नटिक्ने भन्दै उनले मतदाता तथा समर्थकहरुलाई भैमपूर्ण प्रचारबाट अलिकति पनि विचलित नहुन उनले अनुरोध गरेकी छिन् ।
सर्लाही–१ मा पछिल्लो समय कार्कीको पक्षमा माहोल बनेको छ । अझ रास्वपा सभापति रबी लामिछाने र वरिष्ठ नेता बालेन शाह उनको क्षेत्रमा पुगेपछि कार्कीले चुनाव जित्ने कन्फर्म जस्तै बनेको छ । आफूले चुनाव जित्ने कन्फर्म देखिएपछि भ्रमपूर्ण प्रचारमा विपक्षीहरु रमाउन थालेको उनले बताएकी छिन् ।
केहि दिन यता केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले सुन प्रकरणमा मुछिएको भन्दै सामाग्री सेयर गरेका छन् । कार्कीको यस्तो कुनै पनि प्रक्रियामा नाम मुछिएको छैन । सफल महिला उद्यमीका रुपमा परिचय बनाएकी कार्की पैसा कमाउनका लागि होइन समाजसेवाका लागि भन्दै उम्मेदवार बनेकी छन् ।





























प्रतिक्रिया