काठमाडौं । निर्वाचन मिति नजिकिँदै गर्दा संघीय राजधानी काठमाडौं नजिकैको जिल्ला सिन्धुपाल्चोकमा पनि चुनावी रौनकले छपक्कै छोपेको छ । दुईवटा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा तीन प्रमुख राजनीतिक पार्टीहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले निकै महत्त्वका साथ हेरिरहेका छन्, तर देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बजाएको घण्टीको आवाजले पनि केही प्रभाव त पारेकै छ । कुनै समय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता पशुपति सम्शेर जवरा र नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत हावी भएको सिन्धुपाल्चोकमा यतिबेला दुवै जना चुनावी मैदानमा छैन्न् । केन्द्रीय राजनीतिमा हेभिवेट मानिएका नेकपाका नेता अग्निप्रसाद सापकोटाले त २०७४ सालबाटै मैदान छाडिसकेका छन् । त्यसले पनि यस जिल्लाको यसपटकको निर्वाचन चासोका साथ हेरिएको छ ।
बाँकी भिडियोमा-





























प्रतिक्रिया