रत्यौली गाएर भोट माग्दै बाग्लुङ १ का उम्मेदवार

रत्यौली गाएर भोट माग्दै बाग्लुङ १ का उम्मेदवार

केन्द्रबिन्दु
24
Shares

बाग्लुङ । नेलाली कम्युनिस्ट पार्टीकी नेतृ तथा बाग्लुङ क्षेत्र नम्बर १ की समानुपातिक उम्मेदवार बलावती शर्माले राजनीतिमा महिलाको उपस्थिति संख्यामा नभएर प्रभावमा देखिनुपर्ने बताएकी छन् । बाग्लुङ नगरपालिका १२ अमलाचौरमा आयोजित चुनावी कार्यक्रममा बोल्दै शर्माले भनिन्,“राजनीतिमा महिलाको उपस्थिति संख्या होइन, प्रभावमा देखिनुपर्छ । निर्णय तहमा महिलाको भूमिका बलियो बनाउनुपर्छ ।” शर्माले अब महिलाहरुको हक अधिकार ५० प्रतिशत हुनपर्ने बताउँदै पुरुष सरह महिलाहरुपनि हरेक क्षेत्रमा सक्षम हुने बताईन् ।

महिलाहरुको अधिकारका लागि आफू सानै उमेरदेखी लड्दै आएको भन्दै शर्माले आफ्नो पार्टी नेकपाले पहिलैदेखी महिलालाई ५० प्रतिशत हक कायम गर्नुपर्ने माग राख्दै आएको बताईन् । आफुँ बाग्लुङ १ मा साझा समानुपतिक उम्मेदवार भएको भन्दै शर्माले समाज रुपान्तरण र परिर्वनका लागि तारा चिन्हमा अमूल्य मतदान गर्न आग्रह गरिन् । चुनावी अभियानका क्रममा बाग्लुङ १२ बलेवा अमलचौरमा स्थानिय महिलासमुहद्धारा आयोजित रत्यौली र पञ्चेबाजामा नाच्दै शर्माले
“जागेको छ जनतामा आश,अहिले भोट तारा र गिलास,मिल्छ खशी दुनिया सारामा,अहिले सवै भोट हालौँ तारामा ” भन्दै पञ्चेवाजामा नाच्दै समानुपातिकमा तारा र प्रत्यक्षमा गिलास चिन्हमा मतदान गर्न आग्रह गरिन् । शर्माले मौलिक लोक संस्कृतिले समाजमा भाइचारा कायम गर्ने भन्दै यस्ता कला संस्कृतिको विकास गर्दै पुस्तान्तरण हुनुपर्नेमा जोड दिइन्। उनले भनिन्, “हाम्रो मौलिक संस्कृति जोगिएन भने विकासले मात्र समाज टिक्दैन । संस्कृति र समृद्धि दुवैलाई सँगसँगै अघि बढाउनुपर्छ ।”

यस्तै प्रत्यक्ष तर्फका उम्मेदवार कृष्ण अधिकारीले कला संस्कृति समाजको आस्था र धरोहर भएको बताएका छन् । सोही कार्यक्रममा रत्यौली र पञ्चेबाजामा नाच्दै बाम गठबन्धनका उम्मेदवार अधिकारीले स्थानिय लोक कला संस्कृति हाम्रा मौलिक परम्परा भएकोले संरक्षण प्रर्वद्धनमा जोड दिनुपर्ने बताए। अधिकारीले यो चुनाव जित्नका लागि मात्र नभएर दीर्घकालीन रूपान्तरणका लागि भएको भन्दै परिणाम देखिने गरी बाम शक्तिले काम गर्ने उल्लेख गरे ।

उनले अन्त्यमा भने,अब नेताले भाषण होइन, कामको आधार देखाउनुपर्छ।अन्तिम फैसला जनताको हातमा छ, र हामी त्यसलाई सम्मान गर्छौँ ।” उनले रत्यौलीमा “मिलेका छौँ नेकपा मशाल अहिले भोट गिलासमा खसाल,अहिले भोट तारामा खसाल” भन्दै नाचेर भोट मागेका हुन् । रत्यौली, पञ्चेबाजा र हाम्रो परम्परा केवल मनोरञ्जन मात्र नभएर हाम्रो पहिचान अमूल्य पहिचान भएकोले यसलाई जोगाउनु राज्यको दायित्व भएको बताए ।

सर्कुवा कुश्मिसेरा र नारायणस्थानमा जनभेटघाट कार्यक्रम सकेर अमलाचौर पुगेका उम्मेदवारलाई स्थानियले भव्य स्वागत गरेका थिए। नारायणस्थान पैयुँपाटा र अमलाचौरमा भएको घरदैलोमा स्थानियले बाम गठबन्धनलाई जिताउने बताएको चुनावी प्रचारप्रसार संयोजक तिलक थापाले जानकारी दिएका छन् । बाम गठबन्धनको अभियान आज बाग्लुङ बजारमा रहेको उनले जानकारी दिए।

Logo