सिन्धुपाल्चोक
अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङमार्ग एक महिना भित्रै ‘ब्रेक थ्रु’ हुने भएको छ । "/>

बहुप्रतिक्षित मेलम्ची आयोजना अन्तिम चरणमा !

बहुप्रतिक्षित मेलम्ची आयोजना अन्तिम चरणमा !

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोक
अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङमार्ग एक महिना भित्रै ‘ब्रेक थ्रु’ हुने भएको छ । जति सक्दो चाँडो आयोजना सक्ने तदारुकता र लक्ष्यमा अन्यथा नभए मेलम्चीको पानी पिउने उपत्यकावासीको दुई दशक लामो सपना असार भित्रै पूरा हुने देखिएको छ ।

‘बाँकी दुई सय ६० मिटर खने पछि साँढे २७ किलोमिटर लामो सुरुङमार्ग ब्रेक थ्रु हुनेछ,’ आयोजनाका उपकार्यकारी निर्देशक भोज विक्रम थापाले भने, ‘फागुन (मार्च दोस्रो साता) भित्र मुहानस्थल अम्बाथान–सुन्दरीजल सुरुङमार्ग जोड्न प्रतिबद्ध छौं ।’ सुरुङका तीन मध्ये दुई खण्ड ब्रेक थ्रु भइसकेका छन् । बीचको सिन्धु–ग्याल्थुम खण्ड ब्रेक थ्रु गर्न अहिले तीव्र गतिमा काम भइरहेको छ ।

७.७ किमि लामो सुरुङमार्ग रहने यो खण्डमा ५.१ किमि सुरुङको काम सकिएको छ । निर्माणमा संलग्न इटालियन ठेकेदार कम्पनी सिएमसी, कन्सल्ट्यान्ट र आयोजनाका अधिकारीबीचको बैठकले एक महिना भित्रै सुरुङमार्ग ब्रेक थ्रु गर्ने साझा संकल्प गरेको उपकार्यकारी निर्देशक थापाले बताए । सबैभन्दा लामो सुन्दरीजल–सिन्धु खण्ड गत वर्ष पुसमा सुरुङमार्गले जोडिएको थियो । गत पुस १४ गते ८.२ किमि लामो ग्याल्थुम–अम्बाथान खण्ड ब्रेक थ्रु भएको थियो । यो दोस्रो लामो खण्ड हो । आयोजनाका अनुसार ठेकेदार कम्पनी सिएमसीले दैनिक आठ मिटर सम्म सुरुङ खनिरहेको छ । उसले यही दरलाई मात्र निरन्तरता दिए अबको ३२ दिनमै सुरुङ ब्रेक थ्रु हुनेछ ।
नागरिकबाट

Skip This
Skip This
Logo