गिरीको गृहगाउँ दुर्लुङमा तिमिल्सिनालाई व्यापक समर्थन

गिरीको गृहगाउँ दुर्लुङमा तिमिल्सिनालाई व्यापक समर्थन

केन्द्रबिन्दु
36
Shares

पर्वत । प्रतिनिधिसभाका उम्मेदवार मनहरी तिमिल्सिनाको पक्षमा प्रत्यासी उम्मेदवार रहेका पदम गिरीको गृहगाउँ दुर्लुङमा स्थानीयले व्यापक समर्थन जनाएका छन् । चुनावी अभियानका क्रममा दुर्लुङ पुगेका तिमिल्सिनालाई स्थानीयले स्वागत गर्दै यसपटक मत परिवर्तन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

सदरमुकाम नजिक रहे पनि दुर्लुङले अपेक्षाअनुसार विकास नपाएको भन्दै स्थानीयले बौद्धिक र सक्रिय नेतृत्वको आवश्यकता औँल्याए । उनीहरूले जिल्लाले खोजेजस्तो उम्मेदवार पाएको भन्दै तिमिल्सिनालाई साथ दिने बताएका छन्।

चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै तिमिल्सिनाले चुनावी दौरानमा प्राप्त साथ र विश्वासप्रति धन्यवाद व्यक्त गरे । उनले मतदातालाई स्वतन्त्र र विवेकपूर्ण निर्णय गर्न आग्रह गर्दै कुनै दबाबमा नपर्न अनुरोध गरे।

तिमिल्सिनाले विकसित पर्वतको स्पष्ट मार्गचित्रसहित आफू अघि बढेको उल्लेख गर्दै संसदमा जनताका मुद्दा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता जनाए । “मेरो लागि पदभन्दा जिम्मेवारी ठूलो हो, वाचाभन्दा परिणाम महत्वपूर्ण छ,यहाँका जनताको साथ र समर्थनको मूल्य कहिल्यै चुक्न दिनेछैन्” उनले भने ।

तिमिल्सिनाले दल परिवर्तन आवश्यक नभएको तर मत परिवर्तनले सकारात्मक सन्देश दिन सक्ने भन्दै परिवर्तनका लागि तारा चिन्हमा मतदान गर्न आग्रह गरे । निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी दुई मतपत्र हुने भएकाले उम्मेदवार र दललाई छुट्टाछुट्टै मत दिन सकिने विकल्प बारे समेत जानकारी गराउँदै सक्षम नेतृत्वका मतदाता सचेत बन्नुपर्नेमा जोड दिए ।

खुर्कोट र दुर्लुङमा सम्पन्न जनभेटघाट तथा जनसंवाद कार्यक्रम उत्साहजनक रहेको नेकपा कुस्मा नगर कमिटी अध्यक्ष मिनराज केसी अविरलले जानकारी दिएका छन् । कार्यक्रममा स्थानीयले खुला रूपमा आफ्ना धारणा राख्दै विकास, सुशासन र प्रभावकारी प्रतिनिधित्वको अपेक्षा व्यक्त गरेका केसीले बताए ।

Logo